धाँतीमा फुटबल प्रतियोगिता सम्पन्न, ईटहरी विजयी

  • मंसिर १, २०८१
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खुला फुटबल प्रतियोगितमा शान्ति युथ क्लब ईटहरी विजयी भएको हो । आज भएको फाईनल खेलमा शान्ति युथ क्लब ईटहरीले गोलबजार फुटबल क्लबलाई २-१ ले हराउँदै जित हासिल गरेको हो ।

जितसंगै ईटहरी टिमलाई प्रथम पुरस्कार सुरुङ्गा नगर्पालिका को मेयर गीता चौधरी र सु. न. पा. १० पटेर्वा निवासी ॐ साई साईराम कन्ट्रक्सन सातदोबाटो, ललितपुरका संचालक विजय साहको सौजन्यमा निजको बुवा बरिस्ठ समाजसेवी छेदी साहले ले रु. ५५,५५५/- र उपविजेता गोलबजार टिमलाई द्वितीय पुरस्कार सु . न. को पुर्ब मेयर मुक्तिनाथ चौधरी र मलहनमा निवासी भौतिक योजना तथा निर्माण मन्त्रालयका कोशी प्रदेशका अशोक साहको सौजन्यमा निजको दाइ विजय साहले रु.३५,५५५/- संगै मेडल र प्रमाणपत्र वितरण गरेको हो ।

खेल सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको प्रमुख आतिथ्यता तथा खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा सुरुङ्गा न. पा. को प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवान ,वडा नं.४का वडा अध्यक्ष देबेन्द्र चौधरी , ८ को वडा अध्यक्ष श्याम प्रसाद साह,१० का चन्द्र नारायण यादव, ११ का रामकुमार चौधरी, नगरप्रवक्ता शिवदर्शन पासवान, पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी, इन्जिनियरहरु, कार्यपालिका सदस्यहरु ,पुर्व वडा अध्यक्षहरु , बिभिन बिधायलको प्र. अ. हरु,धातीबजारका बरिस्ठ ब्यपारिहरु, श.प्र. ब. कुसहाको नि. गोबिन्द पौडेल,धाँतीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र माँ मुसहनिया युवा क्लबको आयोजनामा सम्पन्न भएको कुरा MMC क्लबका अध्यक्ष रोहित चौधरीले जनाएको छ।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं.८ का वडा अध्यक्ष श्याम प्रसाद साहले दिएको थियो भने कार्यक्रमको संचालन सबल नेपालका शिक्षा अधिकृत राधेश्याम रामले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१