Siraha Times
ताजा समाचार

समृद्धिको भुमिमा कमिसनको खेती, प्रशासकीय अधिकृत माथी व्यापक आक्रोश

  • जेठ ७, २०७६
  • ९४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, ७ जेष्ठ । लाहान नगरपालिका केही दिन देखि बिवादै बिवादको भुमरीमा फसेको छ । लाहान ४ स्थित डम्पिङ साईटको मुद्दा बिसर्जन हुन नपाउदै फेरि कमिसनको मुद्दाले नगरपालिकालाई विवादमा तानेको छ । नेकपा पार्टीबाट निर्वाचित लाहान २० का वार्ड अध्यक्ष गणेश चौधरी ले वार्ड योजनाको लागी आएको १८ लाख बजेटमा लाहान नगरपालिकाको प्रशासकिय अधिकृत गिरिराज ज्ञवालीले ३० % कमिशन (पिसी) मागेको आरोप अध्यक्ष चौधरीले लगाएका छन । अध्यक्ष चौधरीको अनुसार मेयर मुनि साह सुडी कै ईशारामा कमिसनको चलखेल हुनेगरेको आरोप छ ।

अध्यक्ष चौधरी बिच व्यक्तिगत स्वार्थले ठूलो पर्खाल निर्माण गरेको एक लाहानको स्थानीय सरोज चौधरीले बताउछन । लाहान नगरपालिका को हरेक कार्यक्रममा समृद्धिको चर्को नारा सुनिएपनी ब्यवहार सन्कास्पद भएको कुरा लाहान ४ का सुरेन्द्र मन्डलको अडकल रहेको छ । युवा नेता चौधरी समर्थित युवाहरु अधिकृतमाथी व्यापक रुपमा आक्रोशित छन । उता प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली ले कमिसनको कुरालाई स्वीकारेका छैनन । उनको अनुसार कच्चा काम र पक्का काम को लागि ७०% र ३०% को जिकिर भएको हो । फोन सम्पर्कमा अधिकृत ज्ञवालीले आफू कति ईमानदार रहेको कुरा बुझ्न् गोलबजारवासी सङ्ग सम्पर्क गर्न सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१