Siraha Times
ताजा समाचार

स्वतन्त्र मधेश गठबन्धन सिके राउतका असन्तुष्ट समुह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण, एकताले अव जनतान्त्रिक तराई मुक्ति मोर्चालाई थप उर्जा पाएको छ ः मनोज मुक्ति

  • जेठ २, २०७६
  • ७७९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झा । जनकपुरधाम।२ जेष्ठ । स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सि के राउत समुहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज झा मुक्ति विवेकले दिएको जानकारी अनुसार असन्तुष्ट समुह आफनो संगठनमा एक कार्यक्रम विच एकीकरण गरिएको हो । जनतान्त्रिक तराईमुक्ति मोर्चाका राष्ट्रय अध्यक्ष मुक्तिले भने स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समुह हाम्रा साथ भएको कारण अव जनतान्त्रिक तराई मुक्ति मोर्चालाई थप उर्जा पाएको छ भने हामीले ११ बँुदे सहमती स्वरुप संयुक्त रुपले अभियान चलाउने छौ भने छिट्टै नै निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर्ने घोषणा गरिने अध्यक्ष मुक्तिले वताउनु भएको छ । एउटै देशमा दुई किसिमका विभेदका रुपमा देखने गरेको हुनुका साथैे मधेश र मधेशि जनतालाई पटकपटक सवै राजनितकि दलले धोका दिँदै आएको हुनाले मधेशको मुक्तिका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता साथका आफुले असन्तुष्ट समुह विच एकता गरीएको हो । सवै प्रकृया अन्तिम चरणमा पुगि सकेको हुनाले जेष्ठ महिनाको २० गतेसम्म आयोगमा नयाँ पार्टी दर्ता गर्ने गरी योजना बनाएको अध्यक्ष मानोज मुक्तीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१