Siraha Times
ताजा समाचार

राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने

  • वैशाख २२, २०७६
  • १३६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झा जनकपुरधाम।२२ बैशाख। मधेस केन्द्रित भूमिगत आन्दोलन गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा पनि अब सक्रिय राजनीतिमा आउने भएको छ । आइतबार मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति ‘विवेक’ ले प्रेस विज्ञप्ति जारी मुद्दा विचार मिल्ने राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने, संगठन विस्तार र निर्वाचन आयोगमा दल दर्ता गराउने सहितका निर्णय गरिएको जनाएका हुन् ।

मोर्चाको केन्द्रीय सचिवालको बैठकबाट नेपाल सरकार, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दल, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिक समाजका अगूवलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको छ । मोर्चाले आगामी भदौंको पहिलो साता काठमाडौंमा विशाल जनसभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । यसका साथै राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय ‘संगठन परिचालन तथा व्यवस्थापन समिति’ पनि गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । समितिका सदस्यहरूमा दीपक सिंह ‘भास्कर मुक्ति’, लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१