Siraha Times
ताजा समाचार

फोरम नेपाल प्रदेश न- २कोअध्यक्ष मा बिजय यादव निर्वाचित भए

  • वैशाख १७, २०७६
  • ११९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान ।संघीय समाजवादी फोरम नेपालको प्रदेश न- २ मा अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा को बीच बिजय यादव निर्वाचित भएका छ्न। आइतबार शुरु भएको प्रदेश अधिवेशनमा सर्वसम्मति नहुँदा यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट यादव प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ सय ८४ मत ल्याएर निर्वाचित हुन सफल भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएकी थिइन् । प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका थिए । निर्वाचित यादव केन्द्रीय कोषाध्यक्ष हुन् भने हाल उनी प्रदेश २ आर्थिक मामिलामन्त्री हुन् । प्रतिद्धन्द्धी रेणु यादव पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । रेणु यादव यसअघि प्रदेशका अध्यक्ष थिइन् ।उनी पार्टीका केन्द्रीय उपाध्यक्ष हुन । अध्यक्षका लागि साँसद अशोक यादबले पनि उम्मेदवारी दिएका थिए । अशोक यादव प्रदेशसभाका सदस्य हुन् भने पार्टी प्रदेश समितिका सदस्य पनि हुन् । तीनजनाको बीचमा चुनाव भएपनि रेणु यादव र विजय यादवको बीचमा कडा प्रतिस्पर्धा रहेको थियो । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले गर्ने समेतबाट तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ ।निर्वाचित यादबलाई भव्य स्वागत गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले पनि बधाई तथा कार्यकाल सफलताको शुभकामना यादव लाइ दिएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१