Siraha Times
ताजा समाचार

सप्तरीको वडाध्यक्ष घुस सहित रंगेहात पक्राउ

  • वैशाख १६, २०७६
  • ७७८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान । सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष २५ हजार घुस सहित रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाअध्यक्ष शिल्टु मियालाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिईरहेका बेला वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो । मियाँमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सरकारले ०७५ साल १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् । प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक वर्ष नबित्दै विभिन्न सरकारी कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ पर्नेको संख्या दिन दिनै बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१