Siraha Times
ताजा समाचार

अपराधिक घटना तथा लुटपाट मुद्दामा फरार एक अभियुक्त लागु औषधसहित पक्राउ

  • वैशाख १५, २०७६
  • १०८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजेन्द्र महतो लहान ।विभिन्न अपराधिक क्रियाकलाप तथा लुटपाट मुद्दा मा फरार रहेका एक अभियुक्त लाई सिरहा प्रहरी तथा प्रदेश प्रहरी ले आज शनिबार लागु औषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रदेश प्रहरी को संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका- १७ माडर टोलबाट सिरहाको मिर चैया नगरपालिका -१० बस्ने २२बर्षीय रबिन्द्र यादव लाई लागू औषध सहित पक्राउ गरेको हो । पक्राउ गरेका यादव को साथबाट नाईट्रोसन -८०चक्की एसपीएस पालकन -१६चक्की, नाईट्रोभेट -२४५चक्की ,प्याभुस एसपास प्लस -३२ चक्की र चाक्कु -१ थान सहित लागु औषध बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी नायब उपरिक्षक माधब खरेलले बताएका छन । पक्राउ परेका यादव केही महिना अगाडि मिरचैया कल्याणपुर सडक मा भएको लुटपाटमा सग्लन रहेको र केहि ब्यक्ति लाई फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। यादव लाई जिल्ला अदालत बाट म्याद थपगरी बिशेष अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१