Siraha Times
ताजा समाचार

मिर्चैयमा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

  • वैशाख ११, २०७६
  • १४२२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ११ बैशाख । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । 
Candidates%2BPic
अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो । लुकेर रहेका प्रतिभाहरुलाई देखाउँदै युवायुबतीहरुको साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउँनु ईभेन्टको मुख्य उदेश्य रहेको उनले बताए । उनले भने, “यो ईभेन्ट सफतापुर्बक सम्पन्न भयो, अगामी दिनमा पनि हामी यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न आउने छौ, अहिले पनि हाम्रो समाजमा धेरै प्रतिभाहरु लुकेर बसेका छन्, त्यसलाई पहिचान गरी उचित स्थान दिलाउँन हामी प्रयास जारी राखेका छौं, ईभेन्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।”
Event%2BGroup%2BPic
एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा क्षेत्र नं. ४ को “क” प्रदेश सभा सदस्य दिलिप साह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघका अध्यक्ष हरिशंकर साह, अतिथिका रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ६ का अध्यक्ष देबकृष्ण साह, संघिय समाजबादी फोरम नेपालका नेतृ शोभा मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रम राजभण्डारी लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।
IMG_5209

ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१