Siraha Times
ताजा समाचार

लाखौको भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव

  • वैशाख ७, २०७६
  • १२७० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ६ बैशाख । भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई आज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतमा निर्वाचन र पत्रकारहरुले मिशन बोर्डर चलाएको कारण सिमाक्षेत्रमा अवैद्य कारोबार केही समय तस्करीमा ह्रास आएपनि भन्सारको आँखामा छारो हालेर राजस्व छलीले निरन्तन्ता पाइरहेको छ ।

यसैक्रममा गोलबजारको चोहर्वा वस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआईजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट आज बरामद गरिएको छ । परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोवाईलको बील बनाएर नक्कली कारोबारमा मोवाईल लैजादै गरिएको सरोकारवाला निकायको दावी छ ।

बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न साँसद र प्रदेश २ का एक राज्यमन्त्रीको दवाव आइरहेको प्रहरी स्रोतको दावी छ । केही समयता सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सिमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ । लहानका केही ठूला व्यापारी यत्तिबेला सप्तरीको सिमाक्षेत्रबाट अवैद्य मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१