Siraha Times
ताजा समाचार

नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना दिदै मन्त्री साह ले भने "समृद्ध मधेस नै हाम्रो सपना"

  • वैशाख १, २०७६
  • १७०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा, १ बैशाख । नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना दिदै भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह ले भन्नू भयो "समृद्ध मधेस नै हाम्रो सपना" हो र यसलाई हामी पूरा गरेर छाड्छौ । वहाँले थप्नु भयो कि "विभिन्न कालखण्डका आन्दोलन र विद्रोहबाट प्राप्त संघीयतामार्फत मधेसी जनतालाई अधिकारसम्पन्न तुल्याउने हाम्रा प्रयास अझै तीव्रतर बनेका छन् । हामी सडक, सदन र सरकार सबै मोर्चामा हकअधिकार प्राप्तिकै लागि संघर्ष गरिरहेका छौं ।" अधिकार निषेध गर्ने दुष्प्रयासहरूलाई चिर्दै अघि बढ्नुको साथै समृद्धिका माध्यमबाट मधेसी जनताको अनुहार उज्यालो बनाउने र ओठमा मुस्कान छर्ने प्रदेश २ सरकार को संकल्प यस नव वर्षमा थप उर्जाका साथ बढ्ने विश्वास मन्त्री साहले व्यक्त गर्नु भएको छ । प्रदेश २ का अधिकांश जनता कृषिबाट जीवीकोपार्जन गर्ने गर्छन् । तर, विगतका वर्षमा कृषि क्षेत्रमा भएका लगानीको प्रतिफल सही किसानले प्राप्त गर्न सकेनन् । जसले गर्दा कृषि क्षेत्रमा मूलभूत रूपान्तरण हुन सकेन । प्रदेश सरकार किसानका चाहना र आवश्यकताका आधारमा विभिन्न योजना तय गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा आमूलचुल परिवर्तन गर्ने कोसिस गरिरहेको छ । देशकै कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रलाई वैज्ञानिक र व्यवहारिक ढंगले अघि बढाउन तथा कृषकको वृत्ति विकास, साधनस्रोतको उपलब्धता आदिबाट कृषि कार्यलाई सहज बनाउन प्रदेश सरकार लागिपरेको छ । अन्त्यमा वहाँले भन्नुहुन्छ "प्रदेश २ लाई कृषिजन्य उत्पादनमा आत्मनिर्भरमात्र नभएर निर्यातक प्रदेशमा परिणत गर्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं । यो नयाँ वर्षमा हाम्रा कामना र प्रतिबद्धताहरूले मूर्त रूप लिनेछ भन्ने अपेक्षा गर्दछु ।"

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१