जनकपुरधाम, चैत २८ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिना कुनै मुद्दाको आन्दोलन गर्नु हुँदैन बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले अदालतको विषयलाई सरकारसंग जोडेर आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए । प्रजातन्त्रमा जो कोहीलाई पनि आफ्नो मागलाई लिएर आन्दोलन गर्ने नैसर्गिक अधिकार रहेको बताउँदै मन्त्री बास्कोटाले वार्ताको माध्यमले समस्याको हल खोज्न आग्रह गरे । उनले भने‘राजपालाई आन्दोलन गर्ने नैसर्गिक अधिकार छ, तर उनीहरुले नन इस्युलाई इस्यु बनाएर आन्दोलन गरिरहेका छन् ।’
प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic