Siraha Times
ताजा समाचार

जयनगर–जनकपुर रेल चाँडै नै गुड्ने भारतीय राजदु पुरीको भनाई

  • चैत २७, २०७५
  • २०६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २७ । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले अब चाँडै नै जयनगर–जनकपुर रेल गुड्ने बताएका छन् । भारत सरकारको सहयोगमा निर्मित चन्द्रनारायण मेन्टेनरी अस्पतालको आज उद्घाटन गर्दै राजदूत पुरीले अब चाँडै जयनगर–जनकपुर रेल सञ्चालनले नेपाल भारतको सम्वन्धमा थप आयाम थपिने बताए । नेपालमा चल्ने रेल पनि अब भारतकै जस्तो ठूलो हुने राजदुत पुरीले जनाए । उनले भने, ‘नेपालमा चल्ने रेलपनि भारतभरी चल्ने रेल जस्तै ठूलो हो, यसको सञ्चालनबाट नेपाली सीमावर्ती बजार जयनगर मात्र हैन भारतको धेरै भू–भागमा सजिलै पुग्न सकिन्छ ।’

प्रधामन्त्री नरेन्द्र मोदीले परिकल्पना गरेको धार्मिक सर्किट र रामायण सर्किटको उद्देश्य पनि यसले पुरा गर्ने उनले बताए । सोही क्रममा राजदूत पुरीले अब चाँडै तपाईहरुले जनकपुर पुग्न ५६ किलोमिटर यात्रा पुरा गर्नुपर्ने बाध्यता पनि अब चाँडै पुरा हुने बताए । उनले भने, ‘हुलाकी राजमार्गको काम पनि अब चाँडै सकिने भन्दै अब तपाईहरुले ३० किलोमिटरकै यात्रामा आफ्नो प्रदेश राजधानी पुग्नुहुन्छ ।’ राजदुत पुरीले अब चाँडै हुलाकी सडक निर्माणको काम पनि सम्पन्न हुने बताए । नेपाल भारतको नाता सीमाना भन्दा पनि भावनाको बढी भएको भन्दै उनले यस्ता खालका योजनाहरुले झन समबनध गाढा बनाउने बताए । उनले यो अस्पताल पनि त्यही सम्बन्धलाई अझैँ गाढा बनाउने एउटा कडी हो । हाम्रो तर्फबाट यो अस्पताललाई विस्तारका आवश्यक सहयोग रहिरहने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१