Siraha Times
ताजा समाचार

घुस लिँदै गर्दा विद्युत् प्राधिकरणका इन्जिनियर चौधरी पक्राउ

  • चैत २१, २०७४
  • ७७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २१ । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले उनलाई आफूसंगै हेटौँडा लगेको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ गर्‍यौँ, नायब उपरीक्षक खड्काले भने । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौँमा बुझाउने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१