Siraha Times
ताजा समाचार

मन्त्री लालबाबुले सिरहामा गरे चार शिलान्यास, लहानमा कन्या विद्यालय

  • चैत ११, २०७५
  • १२८० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ११ चैत्र । लहान नगरपालिकाले तराइ–मधेश समृद्धि कार्यक्रम अन्तर्गत अति विपन्न मेस्तर तथा डोमको लागि खुट्टी खोलाको पूर्वी र पश्चिमी किनारमा एकीकृत वस्ती निर्माण थालेकोे छ । वस्ती निर्माणको लागि आईतवार संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोको शिलान्यास गरेका छन् । बस्ती निर्माणका लागि ९९ लाख दुई हजार रुपैया सरकारले छुट्याएको छ । साथै त्यहाँ रहेको शिवशक्ति आधारभूत विद्यालयलाई नमूना कन्या प्राविधिक विद्यालय बनाउन पनि ५५ लाख रकम छुट्याएको छ । विद्यालय निर्माणको शिलान्यास पनि मन्त्री पण्डितले आजै गर्नुभयो ।

शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले गरिबी हटाउन समृद्धिको लिक कोर्न लागेको बताउँदै तराइ–मधेश समृद्धि कार्यक्रमको डिजाइनर म आफै हुँ । यस कार्यक्रम अन्तर्गत पञ्चवर्षिय योजना अन्तर्गत २८ अर्व ५० करोड विनियोजन गरिएको छ । यस अन्तरगत दलित गरिबलाई पक्कीको घरसम्म पहुँच हुने निश्चित रहेको बताउँनुभयो । उता, आजै मन्त्री पन्डितले दोस्रो गोलबजार मेयर गोल्डकप २०७५ को उद्घाटन गर्नुभयो । उद्घाटनसँगै गोलबजारमा विभिन्न साँस्कृतिक झाकी पनि प्रदर्शन गरिएको थियो । उता,गोलबजार नगरपालिका ३ सरस्वती उच्च मा.बि.देखि नजिकै ४ सय मिटर मन्त्री लालबाबु पण्डितले आजै नमुना दलित बस्तीको सिल्यानास समेत गर्नुभयो । कार्यक्रममा संघीय सांसद लिलानाथ श्रेष्ठले पाँच वर्षमा सिरहामा सिंचाइ सडक शिक्षा स्वास्थ्य र कृषि क्षेत्रको अधिकांश समस्या यहि सरकारले समाधान गरेर समृद्धिको सपना सकार गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१