सिरहाको लहानमा नेपाल एजुकेशनल एकेडमीले मनाए धुमधामका साथ बालदिवस

  • भदौ ३०, २०८०
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स भदौ ३० । हिजो बिहिवारका दिनको अवसर पारि सिरहाको लहानमा नेपाल एजुकेशनल एकेडमीले मनाए धुमधामका बालदिवस नेपालमा २०२२ सालदेखि भदौ ४ गते बाल दिवस मनाउँदै आएकोमा जनआन्दोलन–२ को राजनीतिक परिवर्तनपछि राष्ट्रिय बाल दिवस मनाउने मिति परिवर्तन भई  भाद्र २९ गते मनाउन थालिएको छ । बालबालिकालाई एकै ठाउँमा भेला पारेर दिवस मनाइएको बालदिवस मा बिभिन्न सांस्कृतिक मनोरन्जनात्मक प्रोग्राम गरी मनाइएको हो कार्यक्रममा बालबालिकाले रास्ट्रिय गान देखि सुरुवात गरिएका थिए भने कार्यक्रममा नेपाली, मैथिली गीतका साथसाथै भोजपुरी गीत, मैथिली नाटक सहितका नृत्य प्रस्तुत गरेका थिए ।

बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउने गरिएको छ ।सन् १९८९ को सेप्टेम्बर १४ मा बालअधिकार सम्बन्धी महासन्धी अनुमोदन गरेको दिन पारेर नेपालले बाल दिवस मनाउँदै आएको हो । नेपालमा २०६३ सालसम्म तत्कालिन मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको जन्मदिन अर्थात् भदौ ४ गते वाल दिवस मनाउने गरिन्थ्यो । नेपालमा हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा भने खासै सुधार हुन सकेको पाइदैन ।

दिवस बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ जसको पालनको मिति देश अनुसार फरक रहेको छ। अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई 'बाल दिवस' भनिन्छ। यो दिवस अन्तर्राष्ट्रिय रूपमा १ जुन[१] तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाइने गरिन्थ्यो भने हाल भदौ २९ मा यस दिवस मनाइन्छ। नेपालको संविधानमा पनि बालबालिकाको हक अधिकारको व्यवस्था गरिएको छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकारको व्यवस्था गरिएको छ।

सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चार्ल्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए। लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए र त्यसपछि यसलाई बाल दिवसमा परिणत गरिएको थियो। सन् १९२० मा टर्कीले बाल दिवसलाई आधिकारिक रूपमा राष्ट्रिय बिदाको रूपमा घोषणा गरेको थियो। सन् १९२० देखि नै सरकार र तत्कालीन पत्रपत्रिकाले यसलाई बालबालिकाका लागि दिवस घोषणा गरेसँगै राष्ट्रियस्तरमा बाल दिवस मनाउन थालिएको हो। यद्यपि, यस उत्सवलाई स्पष्ट पार्न र यसको औचित्य सावित गर्न आधिकारिक पुष्टिकरण आवश्यक रहेको बताएको थियो। यसको आधिकारिक घोषणा सन् १९२९ मा१९२५ मा जेनेभामा भएको बाल कल्याणसम्बन्धी विश्व सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय बाल दिवसको घोषणा गरिएको थियो। सन् १९४९ नोभेम्बर ४ का दिन मस्कोमा महिला अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महासङ्घले जुन १ लाई अन्तर्राष्ट्रिय बाल संरक्षण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

सन् १९५० देखि जुन १ लाई बाल दिवसको रूपमा मनाइन्छ। १४ डिसेम्बर १९५४ मा, भारत र उरुग्वेद्वारा संयुक्त राष्ट्र सङ्घको महासभामा एक संयुक्त प्रस्ताव पारित गरिएको थियो , जसमा सबै देशहरूलाई विश्वव्यापी बाल दिवस स्थापना गर्न प्रोत्साहित गरिएको थियो, पहिलो बालबालिकाहरूका बीच पारस्परिक आदानप्रदान र समझदारीलाई बढावा दिन र दोस्रो संयुक्त राष्ट्र सङ्घको बडापत्रका आदर्शहरू र विश्वका बालबालिकाको कल्याणलाई बढावा दिन कार्य सुरु गर्ने सङ्कल्प गरिएको थियो।  २० नोभेम्बर १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बाल अधिकारको घोषणा गरेको सम्झनामा विसं २०१६ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्। भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ।

वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो। वास्तवमा वि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २०४७ भदौ २९ मा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो।

 २०६३ साल अघि सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरि बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २९ भदौ मा नेपालले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरि सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१