Siraha Times
ताजा समाचार

राराव क्याम्पसको पुस्तकालयमा बजेट अभाव ६९ हजार पुस्तक संरक्षण विहिन

  • फागुन २९, २०७५
  • १३२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नेहा झा जनकपुरधाम, फागुन २७ । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्ताकालयमा बजेट तथा कर्मचारी अभावका कारण पुस्तकालय प्रयोग विहिन अवस्थामा पुगेको छ । प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि आउने बजेट नै बन्द गरिएपछि पुस्तकालय नै प्रयोग विहिन अवस्थामा पुगेको हो । राराव क्याम्पस अधिनस्थ रहेको सो पुस्तकालयका लागि प्रत्येक वर्ष शिक्षा मन्त्रालयले एक लाख बजेट उपलब्ध गराउँदै आएको थियो । तर वि.सं २०५० सालपछि एक रुपैया पनि सरकारी स्तरबाट लगानी नहुँदा पुस्तकालय व्यवस्थापन गर्न कठिनाई भईरहेको पुस्तकालयका कर्मचारी बिन्दे साहले बताए । पुस्तकालय चलाउनका लागि जम्मा ८ जना कर्मचारी त्यहाँ कार्यरत छन् । ४ जना बिहानको सिफ्टमा काम गर्छन् भने ४ जना दिउँसोको सिफ्टमा काम गर्दै आईरहेका छन् । ८ जना कर्मचारीले पुस्तकालय चलाउन सहज नभएको शर्माको भनाई छ । २०५० सालसम्म कुल १७ जना कर्मचारी रहेकोमा अहिले पुस्तकालय ८ जना कर्मचारीमा सीमित भएको छ । कर्मचारीहरु ऋवकाश प्राप्त गरेपछि त्यसको पदपुर्ती नहुँदा कर्मचारी अभाव समेत भएको छ । पुस्तकालय व्यवस्थापनका लागि कुनै निकायले चासो नदेखाएपछि त्यहाँ रहेका पुस्तकहरु समेत संरक्षण विहिन बन्दै गई रहेको छ । राराव क्याम्पसको सो पुस्तकालयमा ६९ हजार ५ सयभन्दा बढी पुस्तकहरु रहेका छन् । पुस्तकालयमा ४ वटा वेदका साथै धार्मिक पुस्तकहरु, ईतिहास, भूगोलका ऐतिहासिक पुस्तकहरु रहेका छन् । यसका साथै एकसय वर्षसम्मका लागि प्रयोग गर्न मिल्ने पंचांग समेत खेर जाने अवस्थामा रहेको छ । झण्डै ४० वर्ष अगाडि छापिएको सो पंचांग दुर्लभ नै बनेको छ । सो पंचांग विशेष गरेर ज्योतिष पढनेहरुका साथै र कुण्डली निर्माण गर्नेहरुका लागि उपयोगी सावित हुन सक्छ । पुस्तकलयमा कतिपय दुर्लभ पुस्तकहरु क्याम्पसका कर्मचारीहरुले नै घर लगेपछि फिर्ता नगर्ने गरेको त्यहाँका कर्मचारीहरुको आरोप छ । पुस्तकालयमा आन्तरिक स्रोतबाट मात्रै पुस्तक किन्ने गरिएको छ । वर्षमा करिब ३ लाखको पुस्तक खरिद गर्ने गरिएको पुस्तकालयले जनाएको छ । २०१६ सालमा स्थापना गरिएको सो पुस्तकालयबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढी विद्यार्थीहरुले पुस्तक लाने गरेका छन् । पुस्तकालयमा विद्यार्थीहरुमा पढने संस्कृतिको अभाव भएको र पहिले जस्तो पुस्तकालय प्रति विद्यार्थीहरुको रुची नदेखिएको पुस्तकालयका अर्का कर्मचारी राधाकान्त झाले बताए । उनका अनुसार पहिला पहिला विद्यार्थीहरु प्रिफेन्स पुस्तकहरु समेत लाने गर्थे तर अहिले आएर कोर्स वाहेक अन्य पुस्तक तर्फ उनिहरुको चासोसम्म छैन । पहिला विद्यार्थीहरु घण्टौ सम्म पुस्तकालयमा बसेर पुस्तक पढने गरेको भएपनि अहिले पुस्तकालय विद्यार्थी विहिन बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१