Siraha Times
ताजा समाचार

चमार कल्याण समाज परिषद नेपाल मलेशिया शाखाद्वारा कपिलवस्तुका राजु मल्लाहलाई नि:शुल्क हवाईटिकटसहित उद्दार

  • भदौ १०, २०८०
  • १५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १० भदौ । सिराहा चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद मलेसिया शाखाका महासचिव रामकिशोर महराको सहयोगमा नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वयद्वारा कपिलवस्तुका राजु मल्लाहलाई उडान खर्चसहितको टिकट उपलब्ध गराएर नेपाल पठाइएको छ।कपिलवस्तुका शुद्धोधन गाउँपालिका वडा नंम्वर- २ मा बस्ने राजु मल्लाह रोजगारको सिलसिलामा तारिक अनुसार २६-०८-२०२२ मा वैदेशिक रोजगारको सिलसिलामा मुर्अ यी (एसडिएन) बिएचडि कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

राजु मल्लाह केही महिनासम्म काम पनि गरे। त्यसपछि कम्पनी टुटे, कम्पनी टुटदा केहीदिन भागेर काम गरिन् थाले । एएचएस सेकर्ट्री ( एसडिएन बिएचडी ) नामक कम्पनीमा बिगत लगभग सातआठ महिना देखि अवैधानिक ईलिगलरुपले कार्यरत थियो। यता, मल्लाहलाई केही समयदेखि पेट दुख्ने र फुल्ने, खुट्टा दुख्ने, खाना नरुचाउने, हिड्न नसक्ने कारणले गर्दा दिशा र पिसाब गर्न निकै समस्या खेप्नुपर्ने रोगको कारण निकै छट्पटाई रहेको थियोे । योसबै कुराको जानकारी मलेशिया शाखाको सचिब सुरेश रामलाई उद्धार गरिदिनु भनी गुहार मागे। त्यस लगत्तै चमार कल्याण समाज मलेसिया शाखाको महासचिव सिराहाका रामकिशोर महराले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियासँग सम्पर्क गरी पहलमा सम्पूर्ण टिकट खर्च सहित नेपाली पुर्याएको महराले फोनमार्फत जानकारी गराउनु भएको छ।

पहल लगत्तै तिन (३) दिनभित्र मै इ.सं.२७ अगस्त २०२३ का दिन मलेसियाको समय अनुसार रातिको ८:०० बजे नेपाल जाने हवाई उडान टिकेट पुरानै कम्पनीबाट उपलब्ध गराएर नेपाल पठाइ सकेको बताए । यस्तै अवैधानिक कार्यहरु गरिरहेका जस्ता समस्या अझै तिन (३) जनाको मलेशिया शाखामा आएको छ।त्यसमा पनि मलेसिया शाखाको पहल जारी नै रहेका छन। वहाँहरुको समस्या पनि छिटै समाधान गर्ने बताए ।

रामकिशोर महरा र मलेसिया शाखाले गरिरहेका गरिमामय कामहरु प्रतिको सल्लाह-सुझाव दिन सम्पूर्णमा अनुरोध गरेको छ। हामी नेपाली दुई पैसाको लोभले वैदेसिदा कारणवस अवैधानिक हुन्छौं तर अवैधानिक हुँदा कतिको समस्या खेप्नुपरेको हुन्छ- त्यो कुरा सर्वसदसत्तै छ। तसर्थ:कुनै नेपालीहरु दुई पैसाको लोभ नदेखी अवैधानिकरुपले काम नगर्न हुन महराले अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१