Siraha Times
ताजा समाचार

हत्याको श्रृखँला, सिरहामा दूई रहस्मय शव फेला परे

  • फागुन २७, २०७५
  • १२३९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २७ फागुन । एक सत्ता नवित्दै सिरहामा दूई शव देखा परेको छ । दुवै शवको बारेमा जनमानसमा हत्याको दावी गरिएको छ भने लहान प्रहरीले मदिरा सेवन गरेर मृत्यु हुन सक्ने जानकारी गराएको छ । लहान ११ पडरिया स्थित रहेको सत्यम ट्रेर्डस्मा कार्यरत विकास पाण्डेको शव फागुन २३ गते फेला परेको छ । ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवका अनुसार पाण्डेलगायत उनीका साथीहरु फागुन २२ गते राती मदिरापान गरी सुतेका थिए । पाण्डे सुतेको सुते भएपछि हामीलाई खबर आएलगतै आवश्यक छानविन शुरु गरिएको बताए । इन्स्पेक्टर यादवले भने पाण्डेको शरिरमा त्यस्तो कुनै किसिमको चोटपटक नलागेकोले मदिरा सेवनबाटै मृत्यू हुनसकिने बताए । महोत्तरी निवासी पाण्डेका परिवारजनले उनका साथीहरुले आपसी विवादमा हत्या गरिएको हुन सकिने भन्दै छानविनको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । यस विषयमा प्रदेश २ सरकारलाई चासो लागेको स्रोतको कथन छ । यता, फागुन २६ गते ठाडीमा एक शव फेला परेको छ । भारतको लौकहा निवासी सन्तोषकुमार साह नेपालको ठाडीबाट मदिरा सेवन गरी रिक्सा चलाउँदै घर फर्किरहेको अवस्थामा बाटोमै उनको मृत्यू भएको लहान प्रहरीले दावी गरिएको छ । करिब ६० बर्षीय साहका पत्नि केही दिन पहिले घरबाट भागेकोले उनी मानसिक तनावमा रहँदै आएको स्थानीयहरु बताउँछन् । उनको लाश नजिक केही मदिराको बोतल समेत रहेको थियो । उता, सिरहाको धनगढीमाई ६ बस्ने १७ बर्षीय सुभाष यादवलाई सिमापारी भारतको खुटौनामा गोली हानेर हत्या गरेको अवस्थामा एक महिना अगाडि शव फेला परेको थियो । त्यसैगरी माघ १८ गते बेपत्ता भएका लहान २४ का ३५ बर्षीय गजेन्द्र यादवको शव पनि भारतको पिपराही पर्साहीमा फेला परियो । उनलाई छुरा रोपेर हत्या गरिएको थियो । यसैबीच, लहानक्षेत्रबाट पाँच बालक बेपत्ता रहेको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१