Siraha Times
ताजा समाचार

कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा ः नेता निधी

  • फागुन २५, २०७५
  • १०८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

 राजन कुमार सिंह फाल्गुन २५ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा रहेको बताएका छन । नेता निधीले संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ को प्रदेश भेला , स्वागत , सम्मान तथा परिचयात्मक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले स्थायी सरकार मानिने कर्मचारी तन्त्रमा त्रास र आतंक सृजना गरेको आरोप लगाए । उनले भने नेकपाको सदस्यता जर्वजस्ती लिन लगाई कर्मचारीहरुको सरुवा बढुवा भईरहेको छ । ओली सरकारमा कर्मचारीहरुमा असुरक्षाको भावना जागेको बताए । कर्मचारीहरुको वृति विकास , हकहित र सुरक्षा गर्न सरकार असफल रहेको नेता निधीले दाबी गरे । उनले प्रदेश सरकारले निजामती कर्मचारीहरुको सम्मान र प्रतिष्ठाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ का अध्यक्ष राज किशोर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद शिवचन्द्र चौधरी , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , युवा नेता प्रवेश चौधरी , पुर्व जिल्ला सचिव जगतसुन्दर साह , नेपाल महिला संघ धनुषाकी अध्यक्ष तुलसा आचार्य , महिला नेतृ निलम कर्ण , मिनु झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१