महिलामैत्री बजेट ल्याउँन भगवानपुर प्रमुख प्रतिबद्ध

  • फागुन २५, २०७५
  • ८८८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

रामसेवक महराम लहान, २५ फागुन । लैँड्डिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ १०९ औँ अन्तराष्ट्रिय महिला दिवस भगवानपुर गाउँपालिकाको बाला सुन्दरी मन्दिरमा महिला —याली, मटकाफोर र अन्तरक्रिया गरी सम्पन्न भएको छ । भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले यहाँ भएका साना महिला किसानको लागि अव म यस गाउँपालिकाबाट महिलाको लागि छुटै बजेट विनियोजन गरी उनीहरुको क्षमतावान बनाउने र बाल विवाह, दहेज प्रथाको अन्त्यको लागि अभियानगत रुपमा काम गर्ने । साथै अगामी दिनहरुमा महिला किसानको लागि महिलामैत्री बजेट र कार्यक्रम बनाएर यो गाउँपालिकामा दिगो विकासका काम संचालन गर्ने प्रतिवद्धता गर्नुभयो । प्रदेश २ का महासंघ अध्यक्ष मुक्ति नारायण यादवले महिला अधिकारलाई सुनिश्चित गरी कानुनमा मात्र हैन व्यवहारमा लागु गर्नु प्रत्येक गाउँपालिका र नगरपालिका प्रमूख जिम्मेवारी रहनुपर्ने उहाँले बताउँनुभयो । ज्याला मजदुरीमा काम गर्ने ग्रामिण भेगका र शहर बजारमा बस्ने महिलाहरुले आ—आफनो ठाउँबाट भव्यताकासाथ महिला दिवस सबै जना मिलेर मनाएका छ । ग्रामिण भगेमा भएका महिलाहरुको जीवनमा भोगेका कठिनाई ,शारिरीक हिँसा, मानसिक हिँसा, समाजिक हिँसा अन्त्य गर्दै महिला किसानलाई सम्मान गर्नुपर्छ राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालको सहकार्यमा भगवानपुर गाउँपालिकाको संयुक्त साझेदारीमा महिला दिवस मनाएको जिल्ला महासंघको अध्यक्ष प्रदिप कुमार सिँहले बताए । भगवानपुर गाउँपालिकाको प्रशासकीय अधिकृत दिपेन्द्रप्रसाद यादवले १०९ बर्ष पहिलादेखि नै यो महिला दिवस मनाउँदै आएको छ तर पनि महिलाको अवस्था दिनप्रति दिन खस्किदै गएको छ । महिलाहरुलाई क्षमतावान बनाउँदै समान सोच र सोही अनुरुपको व्यवहार गर्नु पर्ने बताए । त्यस्लै गाउँपालिका भगवानपुर र अन्य नगरपालिकाले समेत आफनो नीति निर्माण गरी योजना बनाएर महिलाको अधिकार ग्यारेन्टी गर्नुपर्छ । ग्रामिण भेगमा बसोवास गर्ने महिलाहरुको लागि क्षमता बढाउने, सम्मानजन जीवन जिउनको लागि राम्रो कामको व्यवस्था गरिनुपर्ने अति आवश्यक देखिएको । त्यसैले सबै महिलाहरु आ आफनो ठाउँबाट उठनुपर्ने आजको आवश्यकता हो उहाँले बताउँनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१