Siraha Times
ताजा समाचार

ओली नेतृत्वको वर्तमान सरकार महिलाहरुलाई सुरक्षा दिन असफल ः नेता नीधि

  • फागुन २५, २०७५
  • ९१६ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह फाल्गुन , २४ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकार महिलाहरुलाई सुरक्षा दिन नसकेको बताएका छन । देशभर महिलाहरुमाथि बलात्कार , हत्या , हिंसा सहितका अत्याचार बढेपनि सरकार चुप लागेर बस्नुले अपराधीलाई पश्रय दिएको प्रष्ट भएको बताएका छन । लैगिंक समानताका लागि समान सोंच र दुव्र्यवहार ः समृद्धिको आधार नाराका साथ १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रवार नेपाल महिला संघ धनुषाले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले प्रदेश नं.२ सरकार बेढी पढाउ , बेटी बचाउ नारामै सिमित रहेको र केन्द्र र प्रदेश दुबै सरकारको व्यवहार समान रहेको बताए । मधेशको नाउंमा जनतालाई भ्रमित पारी मत लिएका मधेशवादी दलहरु मधेशी जनतालाई ठग्ने काम मात्र गरेको उनले बताए । उनले प्रदेश नं. २ को नाम मिथिला भाजपुरा राख्नुपर्नेमा जोड दिए । नेपाल महिला संघ धनुषाका अध्यक्ष तुल्सा आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद शिवचन्द्र चौधरी , सरस्वती चौधरी , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , पुर्व जिल्ला सचिव राजकिशोर सिंह सहितका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हजारौंको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१