Siraha Times
ताजा समाचार

सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

  • फागुन २२, २०७५
  • ७५३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन २२ । कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो । 

यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी,  विश्रम  भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई  ३ वर्ष कैदको सजायँ सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ । ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । जसमध्ये २७ जना प्रतिवादी पुर्पक्षको सिलसिलामा थुनामा रहेकोमा ३१ जना फरार छन् । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । 

मुद्दामाथि फागुन १५ देखि नियमित रुपमा सुनुवाई हुुँदै आएकोमा नेपाल सरकारको तर्फबट जिल्ला न्यायाधीवक्ता र सहायक न्यायधीवक्ता गरी दुई जना र प्रतिवादीको तर्फबाट १२ जना अधिवक्ताले बहस गरेका थिए ।  यो समाचार रातोपाटी बाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१