सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

  • फागुन २२, २०७५
  • ६४७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन २२ । कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो । 

यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी,  विश्रम  भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई  ३ वर्ष कैदको सजायँ सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ । ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । जसमध्ये २७ जना प्रतिवादी पुर्पक्षको सिलसिलामा थुनामा रहेकोमा ३१ जना फरार छन् । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । 

मुद्दामाथि फागुन १५ देखि नियमित रुपमा सुनुवाई हुुँदै आएकोमा नेपाल सरकारको तर्फबट जिल्ला न्यायाधीवक्ता र सहायक न्यायधीवक्ता गरी दुई जना र प्रतिवादीको तर्फबाट १२ जना अधिवक्ताले बहस गरेका थिए ।  यो समाचार रातोपाटी बाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१