Siraha Times
ताजा समाचार

प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण नेका.उपसभापति नीधि

  • फागुन १९, २०७५
  • ८०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल जनकपुरधाम फागुन १९ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संसदमा ल्याएको प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण रहेको बताएका छन । उपसभापति निधिले संसदमा ल्याइएको प्रहरी सम्बन्धि विधेयक र कर्मचारी सम्बन्धि विधेयक संघियता बिरोधी रहेको बताएका छन । चेतना नामक संस्थाले आयोजना गरेको संघियता कार्यान्वयन विषयक कार्यक्रममा बोल्दै निधिले प्रहरी प्रशासन नहुने सरकार, सरकार हुन नसक्ने भएकोले प्रदेशले नै सुरक्षा प्रशासन चलाउनु पर्ने धारणा राखेका छन । उनले संघियता कार्यान्वयनका लागि प्रदेश मातहत आफ्नै सुरक्षा, आफ्नै प्रशासन,कार्यपालिका, न्यायपालिका हुनु नितान्त आवश्यक रहेको बताएका छन । नेता निधिले देशमा संघियता आएपनि संघियताको हिसाबले स्वामित्वको बाँडफाँड हुन नसकेको बताएका छन । संविधानले संघियताको प्रत्याभूत गरेपनि राजनीतिक तथा सामाजिक आधारमा अधिकार प्रत्यायोजन हुन नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१