Siraha Times
ताजा समाचार

सरकारीलाई असरकारी बनाउनुपर्नेमा मन्त्री सोनलको जोड

  • फागुन १७, २०७५
  • ११८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल फाल्गुन १७ प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारीलाई असरकारी बनाउनुपर्नेमा जोड दिएका छन । मन्त्री सोनलले सरकारी काम र सरकारी सम्पतिलाई असरकारी बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन । मण्डल केवट सेवा आश्रमले जनकपुरमा आयोजना गरेको शहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण शिलान्यास कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उनले प्रदेश २ सरकार पिछडा वर्ग र विपन्नहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउने बताएका छन । जेष्ठ नागरिकहरुका लागि प्रदेश सरकार छुटटै कार्यक्रम ल्याउने बताएका छन । सरकारसंग अहिले स्रोत साधन पर्याप्त नभएपनि बिस्तारै स्रोत साधन जुटाउदै विकास निर्माणका कार्यहरु अगाडि बढाईने बताए । भवन निर्माणका लागि सरकारले हाल ६० लाख रकम छुटयाएको भन्दै सोनलले उतm रकम अपुग भए फेरि पनि सरकारले थप रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । मण्डल केवट सेवा आश्रम धनुषाका अध्यक्ष ई.महादेव मंडलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह , राजपा केन्द्रिय सदस्य चन्द्रनारायण मंडल , धनौजी गाउंपालिका उप प्रमुख रामबती मंडल , राजपा नेता प्रमोद यादव , देवकृषण मंडल , सतिश लाल दास सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१