सरकारीलाई असरकारी बनाउनुपर्नेमा मन्त्री सोनलको जोड

  • फागुन १७, २०७५
  • १०५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल फाल्गुन १७ प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारीलाई असरकारी बनाउनुपर्नेमा जोड दिएका छन । मन्त्री सोनलले सरकारी काम र सरकारी सम्पतिलाई असरकारी बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन । मण्डल केवट सेवा आश्रमले जनकपुरमा आयोजना गरेको शहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण शिलान्यास कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उनले प्रदेश २ सरकार पिछडा वर्ग र विपन्नहरुका लागि विभिन्न कार्यक्रमहरु ल्याउने बताएका छन । जेष्ठ नागरिकहरुका लागि प्रदेश सरकार छुटटै कार्यक्रम ल्याउने बताएका छन । सरकारसंग अहिले स्रोत साधन पर्याप्त नभएपनि बिस्तारै स्रोत साधन जुटाउदै विकास निर्माणका कार्यहरु अगाडि बढाईने बताए । भवन निर्माणका लागि सरकारले हाल ६० लाख रकम छुटयाएको भन्दै सोनलले उतm रकम अपुग भए फेरि पनि सरकारले थप रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । मण्डल केवट सेवा आश्रम धनुषाका अध्यक्ष ई.महादेव मंडलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह , राजपा केन्द्रिय सदस्य चन्द्रनारायण मंडल , धनौजी गाउंपालिका उप प्रमुख रामबती मंडल , राजपा नेता प्रमोद यादव , देवकृषण मंडल , सतिश लाल दास सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१