लहानक्षेत्रबाट एक महिना नबित्दै सात बेपत्ता, दुईको भारतमा हत्या

  • फागुन १६, २०७५
  • ६३१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १६ फागुन । सिरहाको लहानक्षेत्रबाट विगत एक महिनामा सात बालक बेपत्ता भएको छ । जस मध्ये दूई जनालाई भारतको विहारमा हत्या गरिएको सार्वजनिक भएको छ । नवराजपुर २ मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यही फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिगँ स्कूलमा पढ्दै आएका बालक विहान ६ बजे ट्युशन पढ्न गएपछि घर फिर्ता नआएको उनका काका शैलेन्द्रप्रसाद यादवले बताए ।

काका यादवले थपे अध्ययनरत विद्यालय नजिक लहान ६ मा आमाबुबासँगै बस्दै आएका थिए । भाडामा बस्दै आएको सो घरमा अन्य ६ जना विद्यार्थी बस्दै आएको छ । र, घरपरिवारसँग कहिले विवाद नगरिने यो भतिजा साह्रे भलादमी हुन् । कसरी बेपत्ता भए मलाई पनि अच्चम लाग्छ । उता, लहानबाट करिब एक महिनादेखि मनकामना सेकेन्ड्री इँलिस बोर्डिगँ स्कूल लहान ८ को होस्टलमा बस्दै आएका एक बालक बेपत्ता भएका छन् । होस्टल बस्दै आएका सप्तरीको बलानविहुल २ घर भएका सन्तोष साहका १४ बर्षीय छोरा लिलाकान्त साह घरको लागि निस्किएको बालक वेपत्ता भएको छ ।

होस्टलमा रहेका बालकलाई उनका अभिभावकले माघ २७ गते सरस्वती पूजाका दिन मनकामना बोर्डिगँ स्कूलको होस्टलमा खोज्न पुग्दा त्यहाँका एक शिक्षिकाले भने तपाईँको छोरा यहाँ छैन । ७—८ दिन पहिले नै तपाईको छोरा यहाँबाट निस्किएको हो । उता, सन्तोष साहले भने‘मेरो छोरा मनकामनाको होस्टलबाट नै बेपत्ता भएको हो ।’ ‘यता, बोर्डिगँ स्कूलका सँचालक बद्रीनारायण चौधरीले ‘उनको छोरा घर जानको लागि निस्किएको अवस्थामा बेपत्ता भएको हो । हामी पनि खोजिरहेको हो ।’

उता, करिब एक सत्तादेखि सखुवानन्कारकट्टी निवासी तीन बालक वेपत्ता भएका छन् । यसमा दूई जनाको नाम सन्तोष नै रहेको छ भने एक जनाको नाम सार्वजनिक भएको छैन । विगत केही दिनदेखि बेपत्ता रहेका सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो ।

यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो । लहानक्षेत्रमा यत्तिबेला विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैगिँक आत्मियता, लागुऔषध सेवन गर्ने साथीसँगतको प्रभाव, घरायसी विवाद, अपराधी क्रियाकलाप ,भड्किलो लवाईखवाईको कारण यस्ता घटना भईरहेको छ । अर्कातर्फ बैदेशिक रोजगारको कारण यस्ता घटना क्रमशः बढ्दै गएको छ । बालबालिका बेपत्ता हुन थालेपछि लहान यत्तिबेला आतंकित भएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी राजेश थापाका अनुसार गलत साथीसँगतको कारण यस्तो समस्या हुँदै आएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडै अपराधिहरु नियन्त्रण आउँने बताए ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१