Siraha Times
ताजा समाचार

चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न योगदानलाई नेपाली कांग्रेस नबिर्सिने ः उपसभापति नीधि

  • फागुन ११, २०७५
  • १६६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह जनकपुर , माघ १० २००७ सालदेखि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय क्रियाशिल सदस्य श्रीराम चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस धनुषाको आयोजनामा शुक्रवार भएको सो कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र नीधिले कांग्रेसका निडर सक्रिय क्रियाशिल सदस्य चौधरीले प्रजातन्त्र स्थापनाका लागी गरेका योगदानहरुको चर्चा गरेका छन । उनले प्रतिबन्धित समयमा समेत चौधरी कांग्रेसलाई साथ दिएको बताउंदै चौधरीको योगदानलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन । उनले चौधरी आफुहरुको अभिभावक भएको भन्दै एक कुशल अभिभावक गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै चौधरीले पार्टी, समाज र राष्ट्रका लागि पुर्याएको योगदानको उच्च कदर गर्न नेपाली कांग्रेसलाई अनुरोध गरेका थिए । चौधरीको व्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो । चौधरीको निधनसँगै पार्टीले कर्मठ र बुद्धिजिवी नेता गुमाएको नीधिको भनाई थियो । चौधरीको निधनसँगै नेपाली काँग्रेसले एक निर्भिक र बुद्धिजिवी व्यक्तित्व गुमाएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्ति गरे । नेपाली कांग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृषण यादव , नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , जनकपुर नगरपालिकाका पुर्व मेयर बजरंग प्रसाद साह , युवा नेता प्रफुल्ल राज घिमिरे , नेपाली कांग्रेसका नेता दिगम्बर राय , क्षेत्रिय सभापति कन्हैयालाल कर्ण , जनकपुराधाम नगरसमिति सभापति मनोज साह , जगतसुन्दर साह , पुर्व जिल्ला सचिव राजकिशोर सिंह सहितका नेताहरुको उपस्थिति रहेको थियो । बक्ताहरुले साहासका प्रतिमुर्ती, कार्यकर्ताका असल संरक्षक, विकास प्रेमी नेता स्वर्गिय चौधरीको निधनले अतुलनिय क्षति भएको बताएका थिए । क्षतिको परिपुर्तीका लागि काँग्रेस एक ढिक्का भएर अब सामुहिक नेतृत्ववाट अगाडि बढ्नु पर्ने बक्ताहरुको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१