किशोर कुमार मंडल सबैला नगरपालिका वडा नं. ९ भठियनमा भईरहेको सडक विस्तारमा भेदभाव गरिएको स्थानीयहरुले आरोप लगाएका छन । स्थानीयहरुले पहिला २३ फिट रहेको सडक ३३ फिट गरिएको राम्रो रहेपनि सबै स्थानमा एक किसिमको नरहेको आरोप लगाएका छन । सडकको दुईटै छेउमा समान हिसाबले सडक फराकिलो गर्नुपर्नेमा काखा पाखा गरिएको स्थानीय सत्रुघन प्रसाद साहको आरोप छ । साहले नगर प्रमुखले आफनो नातेदार पर्नेहरुको घर बचाउन एकातर्फ कम र एकातर्फ बढि सडक फराकिलो बनाएको साहले गुनासो पोखेका छन । उनले नगरपालिकाको यस्तो रबैयाप्रति स्थानीयहरु आन्दोलन गर्न बाध्य हुने बताएका छन । यता सोही वडाका वडाध्यक्ष सुशिल कुमार रायले सडक फराकिलो र निर्माणमा कुनै किसिमको भेदभाव नगरिएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस
लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजार पुर्याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic