Siraha Times
ताजा समाचार

आज भ्यालेन टाईन डे प्रेममा रमाउदै जोडीहरू

  • फागुन २, २०७५
  • १२२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फागुन ३ गते भ्यालेन टाइन डे अर्थात् अंग्रेजी पात्रोअनुसार फेब्रुअरी १४ विशेष गरेर विश्वभरिका सबै नवप्रेमीहरूले मनाउने सुनौलो दिनको रूपमा चिनिने गर्दछ। आज विश्वभरि मात्र नभएर नेपालका नवप्रेमीहरूले पनि आजको दिनलाई उत्तिकै महत्त्वका रूपमा लिँदै आएको पाइएको छ। प्रेमी–प्रेमीकाहरूले एक–अर्कालाई हेर्ने, माया प्रीतिका रमाइला गफ गर्ने, एकले अर्काको हात समाउँदै प्रेमिकालाई पानी खुवाउने जस्ता रहरलाग्दा कामले गर्दा जोडीहरूको मुख्यस्थल निकै नै रमणीय बनेको थियो। सिरहाको बाबा ताल ,बातिका टुरिजममा एक कुनामा बालबालिकाका लागि निर्माण गरिएको पिङमा पनि नवजोडीहरूको घुइँचो लागेको थियो। यतिमात्रै नभएर जोडीहरूले एकले अर्काको हातमा नाम लेख्ने गरेका छ । पार्कको विभिन्न ठाउँमा राखिएका बेन्चमा अँगालिरहेका जोडीहरू निकै नै खुसी देखिन्छ ।

काठमाणडाैकाे वसन्तपुर मन्दिरमा पनि जोडीहरूको भीडमा केही कमी थिएन। वसन्तपुरमा रहेको मुख्य मन्दिरको हरेक ढोकामा जोडीहरू खुसी देखिन्थे। पशुपतिनाथ मन्दिर वरिपरि, गोदावरी, रत्नपार्क, ड्रिम अफ गार्डेनलगायतका विभिन्न स्थानमा जोडीहरूको भीड लागेको थियो। यति मात्र नभई, एक अर्काको जुठो खानेकुरा खानाले माया झन् गाडा हुने विश्वासले गर्दा पानिपुरीको पसलमा पनि जोडीहरूको भीड लागेको दृश्य पनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१