Siraha Times
ताजा समाचार

विधालयहरु द्वारा सरस्वती पुजाको नाममा ब्रहमलुट, शिक्षा समिति हाजिरी अनुगमनमै सिमित

  • माघ २५, २०७५
  • १६९१ पटक पढिएको
  • मनोज बनैता
alt

मनोज बनैता, सिरहा, २५ माघ । बसन्त ऋतु को आगमन संगै हिन्दु समाजमा मनाईने सरस्वती पुजा को नाममा सरकारी तथा निजि विधालयहरु ले बिद्यार्थीका अभिभावकलाई ढाड सेक्ने काम गरिरहेका छन । पुजाको नाममा लिईने मनपरी चंदा ले गर्दा अभिभावकहरु आतंकित बन्न पुगेका छन । सिरहाका विभिन्न शैक्षिक संस्थाहरु ले प्रति बिद्यार्थी ३०० देखि ७०० सम्मको चन्दा उठाएको कुरा बाहिर आईरहेको छ । निजि बिधालयमा आफ्नो छोरा छोरीलाई पढाउने एक अभिभावक बिनोद साह भन्छन " मेरो परिवारको जम्मा ६ जना केटाकेटी निजि बिधालयमा पढ्छन् । मैले जम्मा ३००० तिरे । न तिर्दा बच्चाहरूलाई मानसिक पीडा दिन्छन । के गर्ने ? "

नैतिकता को न्युनतम मापदण्डलाई पनि पार गरि बिधालयहरु ले चन्दा उठाउने कार्यप्रति सिरहाका अधिकांश अभिभावकहरुको ध्यानाकषिर्त भएका छन । यसरी विभिन्न बहानामा विद्यार्थीहरुको अभिभावक संग रकम असुल्ने बिधालयहरु लाई निरुत्साहित गर्ने निकाय सिरहाको सन्दर्भमा अहिलेसम्म मौन देखिएको छ । जबकि छिमेकी जिल्लाहरूमा पुजाको नाममा रकम असुल नगर्न जिल्ला प्रशासन कार्यालयबाट परिपत्र जारी भएको अवस्था छ । नाम गोप्य राखिदिने शर्तमा लाहान स्थित निजि बिधालयका एक शिक्षक ले भने " यहाँ त शिक्षा समिति पनि त्यति गतिलो भएन । समितीका सदस्यहरु महिनामा केवल बिद्यार्थीहरुको हाजिरी हेरेर आफ्नो कर्तव्य पूरा गरिरहेको अवस्था छ । "

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१