ताजा समाचार

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्नुपर्ने जरुरी : प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ

  • माघ २५, २०७५
  • १५८५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ २५, सिरहा । प्रदेश न.. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयहरुको स्तरोन्नति हुनुपर्ने कुरामा जोड दिनु भएको छ । वहाँले अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताउनुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । बिभिन्न ७५७ जना दाताहरुको सहयोग तथा १ करोड २० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालयको भवनलाई शिलालेख अनावरण गर्दै समुद्धघाटन गर्नुभएको हो । उहाँले भन्नुभयो– दाताहरुले गरेको दान पुण्य एकदमै प्रशँसनिय छ । दान गर्नु यज्ञ गरे बराबर हुन्छ । त्यसैले सामाजिक दान पुण्यले समाजमा समेत प्रतिष्ठा बढ्छ ।

आफु पनि सामुदायिक बिद्यालयमा नै अध्ययन गरेको स्मरण गराउँदै सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरोन्नोती गर्न सके निजी विद्यालय भन्दा कम नहुने र क्षमतावान बिद्यार्थीहरु उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समेत आग्रह गर्नुभएको छ । २०३८ सालमा स्थापना भएको सो बिद्यालयमा अहिले प्लस २ सम्मको अध्ययन अध्यापन भईरहेको छ । बिद्यालयको पुरानो भवन एकदमै जिर्ण अवस्थामा पुगेकोले दाताहरुबाट सो रकम सँकलन गरी १ करोड २० लाखको लागतमा २ तल्ले बिद्यालयको भवन निर्माण गरेका छन । कार्यक्रममा भवन निर्माणमा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको थियो भने अभिभावक , बिद्यार्थी तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤