ताजा समाचार

शहिदनगर नगरपालिका मा विवाद नक्कली लेटरप्याड प्रयोग को आरोप

  • माघ २२, २०७९
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ । वडा नम्बर ३ स्थित रहेको जनता इकाई माध्यमिक विद्यालयमा स्थगित गरिएको भनिएको अभिभावक भेलाको पत्रलाई नै रद्द गरिएको छ । शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र शिक्षा शाखा प्रमुख विश्वनाथ यादवद्धारा जारी गरिएको पत्रमा विद्यालयले जारी गरेको बैठक स्थगनको पत्रमा उल्लेख चलानी नम्बर नै अधिकारिक नरहेको खुलाएको छ । नगरपालिकाको नक्कली लेटरप्याड प्रयोग गरी लेटरप्याड दुरुपयोग गरी विद्यालय व्यवस्थापन समिति गठनको लागि २० गते बोलाइएको अभिभावक भेला स्थगितको सूचना निकालिएको भन्दै सो लेटरप्याड नै अधिकारिक नभएको स्पष्ट गरिएको छ । नगरपालिकाको लेटरप्याडमा चलानी नम्बर २ (क) उल्लेख गरिएकोमा सो चलानी नम्बर अधिकारिक नरहेको र नगरपालिकाको लेटरहेड दुरुपयोग गरी नक्कली लेटरप्याड जनाएको उल्लेख छ । यस अनुसार, विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनको लागि अर्को सूचना निकाल्ने गरी कार्य अगाडी बढाउने भनिएको छ । पत्रानुसार, यसअघि पदबाट हटाइएका भनिएका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव नै अधिकारिक शाखा प्रमुख रहेको स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤