Siraha Times
ताजा समाचार

साना किसान सहकारी संस्था लि. मल्हनियाँ को पाँचौ साधारण सभा सम्पन्न

  • माघ २४, २०७५
  • १०९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सप्तरी, २४ माघ । सप्तरीको बलान बिहुल गाँउपालिका १ मल्हनियाँ स्थित रहेको सरस्वती साना किसान सहकारी संस्था लि. ले आफ्नो पाचौं सधारण सभा बिहिबार सम्पन्न गरेको छ । "आजको बचत भोलीको भविष्य" मूल नाराका साथ शुभ आरम्भ भएको उक्त कार्यक्रम सरस्वती साना किसान सहकारी संस्था लि.का अध्यक्ष राम कुमार यादवको सभाअध्यक्षतामा भएको छ । सधारण सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का प्रबन्धक बिवेक कुमार चौधरीले आर्थिक वर्ष ०७४/७५ को १ करोड ५३ लाख ५८ हजार ३३ रुपैयाको आय व्यय प्रस्तुत गरेका छन । जुन ०७३ /७४ को तुलनामा १६ लाख ८१ हजार ७ सय ९९ रुपैया मुनाफा कमाएका छन् भने निक्षेफ ३१ लख ६५ हजार ५ सय ७८ रुपैया रहेका छन् ।

गत वर्ष प्रबन्धक चौधरीले १ करोड ३६ लाख ७६ हजार ५ सय ३६ रुपैयाँको आय व्यय प्रस्तुत गरेका थिए । ४ सय ९२ सेयर सदस्य रहेको सरस्वती साना किसान यस गाँउ पालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम संचालन गरिको सभामा चौधरीले जानकारी दिनुभयो ।

०७४ /७५ को सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सबैको सहयोगको अपेक्षता तथा निस्वार्थ सहयोगका कारण सानो समयमा सहकारीले सबैको मन जितन सफल भएको प्रशंसा गर्दै भने सहकारीले हाल सम्म ८० लाख क्रृण प्रभाव र ३ लाख ९४ हजार २ सय ७ रुपैया हाल बैंक मौज्दात रहेको सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का अध्यक्ष यादवले जानकारी दिनुभयो । बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आथित्यतामा भएको पाँचौ वार्षिक सधारण सभामा सभामा सभालाई सम्बोधन गर्दै अध्यक्ष गोइतले चार वर्ष अघि ३३ सेयर सदस्यले ३० हजारबाट स्थापना गरेको सहकारी सानो अवधिमा ठुलो प्रगति गरेमामा शुभकामना दिदै उनले भने गाँउ पालिकाबाट हुने सबै खाले सहयोग गर्न गाँउ पालिका सदैव तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामा बलान बिहुल गाउ पालिकाका उपाअध्यक्ष रुबि गुप्ता, दिगम्बर यादव, राम नारायण साह लगायतका व्यक्ति हरुले सहकारीको आफ्नो आफ्नो मन्त्वय राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१