Siraha Times
ताजा समाचार

जनता समाजवादी नेपालको संगठन विस्तार

  • माघ १५, २०७९
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेम शिला यादब माघ १५ । राज्य र सरकार विवादित बन्दै गएको अवस्थामा जनताका आशा र भरोसाको केन्द्र बन्दै आएको जनता समाजवादी पार्टी नेपालको संगठन बिस्तारको कार्यक्रम सम्पन्न गरिएको छ । सिराहा जिल्ला समन्वय समितिको समिक्षा हलमा समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समितीका अध्यक्ष रामु महराको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय इन्चार्ज चण्देश्वर पासवान लगायत मधेश प्रदेश अन्तर्गतका दलित अगुवा नेता तथा कार्यकर्ता सहित जिल्ला स्तरका दलित मुक्ति संगठन अन्तर्गतका नेता तथा कार्यकर्ताहरुकाे बाक्लो उपस्थितिका बिच संगठन बिस्तारको कार्यक्रम गरिएको थियो । जनता समाज पार्टी नेपालको भातृ सगठनकाे रूपमा रहेको समाजबादी दलित मुक्ति सगठन बिस्तारको लागि सिरहा जिल्ला समाजबादी दलित सगठनको अध्यक्षमा रामप्रकाश पासवान लगाएत करिब २१ सदस्य जिल्ला समिति गठन गरिएको थियो ।

कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई गम्छा ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सुरुवातमा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटको मौन धारण गरी कार्यक्रमलाई औपचारिकतामा लानु अघि राष्ट्रिय धुनसहित हलमा सहभागी सबै जना आ आफना ठाउँबाट उठेर राष्ट्रिय गान गाएका थिए । कार्यक्रममा पानसमा बत्ती बालेर प्रमूख अथिती ज्यूले कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चण्देश्वर पासवानले राज्य र विभिन्न कालखण्डमा बनेका सरकारहरूले दलितहरुलाई विभिन्न बाहानामा धोखा दिँदै आएको अवस्था रहेको हुनाले अब दलितहरु चुप लागेर बस्ने नसक्ने अवस्थाको सिर्जना भएकोले संगठित हुन जरूरी रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले दलित मुक्तिको अशल मार्गको रूपमा यस संगठनको विस्तार नै मुख्य रोजाई आम जनताको रहेको बताए । कार्यक्रमको समापनमा वोल्दै रामु महराले राज्यले दलितमाथि गरेको शोषण र दमनको चर्चा गर्दै अब टोल बस्तीमा समेत दलित मुक्ति संगठन विस्तारको तयारी आफूहरुले गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उलेख्निय संख्यामा सहभागी भएका दलित अगुवा नेता तथा कार्यकर्ताहरुको भेलामा समाजसेवी, राजनितिक दलका नेता तथा कार्यकर्ता, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१