ताजा समाचार

पारदर्शिताका साथ अमित ठकुरी

  • माघ १३, २०७९
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १३ ।सिरहाको धनगढीमाई वडा नं १४ को हाथीढुङ्गा मन्दिर संरक्षणको लागि तार जालीको काम सम्पन्न भएको छ । जलाधार तथा भू संरक्षण कार्यालय लाहान सिरहाबाट प्राप्त रकमबाट काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष गोकुल पोखरेलले जानकारी दिनुभयो । धार्मिक सांस्कृतिक पहिचानको पर्यटकिय स्थलको रुपमा रहेको हात्तीढुङ्गा मन्दिरको परिसरमा स्थानिय सर्रे खोलाको बहावले क्षति पुर्याउन थालेपछि मन्दिर संरक्षण र खोला नियन्त्रणको लागि गरिएको तार जालीले धार्मिक स्थलको रूपमा रहेको गणेश मन्दिर संरक्षण गर्नमा ठूलो सहयोग पुग्ने स्थानियले बताएका छन । संशिप्त कुराकानीमा वडा अध्यक्ष अमित ठकुरी ज्यूले समाजमा पारदर्शिता समाजको लागि सकारात्मक पक्ष भएकोले योजनाको पारदर्शिता झल्किने बोर्ड काम सम्पन्न गरिएको ठाउँमा राखिएको बताउँनु भयो । विकास केन्द्रित भएर अगाडी देखा पर्दै आएका वडा अध्यक्ष ज्यूको काममा स्थानिय गोकुल पोखरेल पनि एक साथ भएर अघि बढिरहेको देखिन्छ । भौगोलिक रूपमा विकट पहाडी क्षेत्र मानिएको वडा नं १४ को विकाशमा लागिरहेका वडा अध्यक्ष अमित ठकुरी ज्यूले आपसी विवाद आफ्ना वडामा नरहेको बताउनु हुन्छ भने स्थानियलाई आवत जावतमा सहजता हुने देखिएको बिहीबारे पुलको कामलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि जबाफदेही निकायलाई ध्यानाकर्षण गराईरहनु भएको अवस्था देखिन्छ जसले गर्दा पुलको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤