सरोकारवालाहरु संग कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययन सम्बन्धि अन्तरक्रिया

  • माघ १३, २०७९
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया जनकपुरधाम, माघ १३गते । जोखिम मुल्यांकन समुदायमा आधारित बाढी पुर्वसुचना प्रणालीका लागि कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मत्स्य मानव संशाधन विकास तथा प्रविधि परिक्षण केन्द्र तालिम हल जनकपुरधाममा सिमोडको आर्थिक सहयोग, सामुदायिक बिकास तथा पैरवी मञ्चको सहकार्य, द स्मल अर्थ नेपालको प्राबिधिक सहयोग,कमला बचाउ अभियानको समन्वयमा भएको कार्यक्रममा सरोकारवालाहरु संग कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययन सम्बन्धि गहन छलफल भएको छ । सामुदायिक बिकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादवले विकास साझेदार संस्थाहरू तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवर्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैंचा र तरकारी खेती प्रवर्धन गर्दै आएको छ।

स्थानीय समुदायको सशक्तीकरण र सहभागितामा सञ्चालन गरिएका संरक्षण र व्यवस्थापनका कार्यहरू जलवायु अनुकूलित र वातावरणमैत्री भएकाले प्रमाणमा आधारित सूचना र माग भएका सामग्री प्रस्तुत गर्न सफल भएको  संस्थाका अध्यक्ष यादवल बताए । सो संस्थाले मुख्य रूपमा चुरे क्षेत्रमा भइरहेको भूक्षय तथा पहिरो नियन्त्रण गर्ने, जलाधार पोखरीहरू संरक्षण गर्ने, नदी प्रणाली व्यवस्थापन गर्ने तथा तराईका समथर नदी उकास बगर क्षेत्रहरूलाई फलफूल बगैंचा तथा तरकारी खेतीमा विकास गरी विपन्न र भूमिहीनहरूलाई तत्काल र दीर्घकालीन आय आम्दानीको स्रोतसँग जोड्नेलगायत काम गर्दै आएको उनले थपे । कमला बचाउ अभियानका संयोजक बिक्रम यादव बोल्दै सामुदायिक पैरवी मञ्चले गरेको कार्यक्रमको सराहना गर्दै कमलालाई बचाउनु पर्छ यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताए । कमला जलाधारलाई संरक्षण भएन भने मानव सभ्यताको बिकास नदी नाला त्यही किनार बाट भएको उनले थपे । नागदेव यादको अध्यक्षता एवम प्रमुख अतिथिमा जिल्ला प्रशासन कार्यालय धनुषाका निमित्त प्र.जि.अ अनुज भण्डारी , बिशिष्ठ कमला नदीका डिइ बिष्णुदेव यादव, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव बिशिष्ठ अतिथि गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादव , सबैला नगरपालिकाका नगर प्रमुख कारिराम यादव,कमला,नगरपालिकाका नगर प्रमुख बिशेश्वर यादव विभिन्न वडाका वडा अध्यक्ष,विभिन्न निकायका प्रमुख कमला अभियानी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

भाषण दिएर होइन, काम ...

बारा, ०५ कार्तिक / जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार उमेश द ...

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१