Siraha Times
ताजा समाचार

स्वतन्त्र मधेशी यूवा संगठनकाे जिम्मेवारी गुंमस्तालाई

  • माघ ९, २०७९
  • १४३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ९ । सामाजीक रुपान्तरणको बाटो पहिलाउँदै आम सामाजिक सरोकारका विषयमा आवाज उठाउन जरूरी रहेको समयमा सिरहामा स्वतन्त्र मधेसी यूवा संगठन आगाडी आएको छ । बलिदानी दिवसको अवसरमा संघिय संसदमा माननीय सिके राउतले मधेशको सहिदहरु प्रति मौनधारण गर्दै गर्दा प्रधानमन्त्री प्रचण्डल गायतका केहीले अशोभनिय व्यबहार प्रकट गरेको विरुद्धमा लहानको रमेश चोकमा आम युवाको नेतृत्व गर्दै स्वतन्त्र मधेसी यूवा संगठनका संयोजक गुमस्ता कुमार यादवले आफ्ना कुशल नेतृत्वका साथ विभेदकारीको खुलेर विरोध गरेका थिए । प्रतिभाशाली यूवा यादब कानुनका जानकार समेत हुन । समाजका बिकृति विसंगति विरुद्धमा आफ्ना स्पस्ट धारणा राख्दै आएका यादबले युवाको नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा आम सिरहाबासी खुशी भएका छन । समाजको रुपान्तरणको दिशामा उनलाई अघि बढाउन सिराहा युवा सञ्जालको अध्यक्ष नागेश्वर रायको ठूलो योगदान रहेको देखिन्छ । राय आफैले सिरहाका विभिन्न व्यक्तिहरू जो वैदेशिक रोजगारीका क्रममा फसेका थिए ती व्यक्तिहरूलाई उद्दार गर्नमा अति महत्वपूर्ण भूमिका खेल्दै आएका छन भने यता गुमस्ताले विभिन्न पालिकामा देखिएका विकास निर्माणका क्रममा भएका कमी कमजोरी प्रती आवाज उठाएर खवरदारी गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१