ताजा समाचार

भगवानपुर गाउँपालिकामा एक सचिवको जिम्मामा तीन वडा

  • माघ ७, २०७९
  • १४३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान २०७९ माघ ७ गते - सिरहा जिल्लाको भगवानपुर गाउँपलिकामा ३ वटा वडाहरू सचिवविहीन अवस्थामा रहेका छन् । भगवानपुर गाउँपालिका मा पाँच वटा वडा रहेका छन् । यसले स्थानीयले सहज रूपमा वडाबाट सेवा पाउन वञ्चित भएका छन् । वडाबासीहरूले सम्बन्धित वडाबाट हुने कामलाई सचिव पर्खन पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । सिरहाकाे - भगवानपुर गाउँपालिकामा कर्मचारी अभाव हुँदा एउटा सचिवले ३ वटा वडा हेर्नुपर्ने बाध्यता भएको छ । भगवानपुर गाउँपालिकाका वडा नंं ३ ,४ र ५ को काम एउटै सचिव राजेन्द्रप्रसाद यादव हेर्दै आएका छन् । एउटा वडामा एउटा सचिवको हुनुपर्ने भए पनि गाउँपालिकामा अहिलेसम्म कुनै पनि सचिव नआउँदा राजेन्द्रप्रसाद यादवले तीन वटा वडाको सम्पूर्ण जिम्मेवारी हेर्दै आएका छन् । “ गाउँपालिका स्थानीयले भने, “सचिवहरू नहुँदा वडाहरूमा हुने धेरै काममा समस्या भएको छ ।” वडा सचिवहरूको आवश्यकता देखिएको छ, त्यतिकै मात्रमा अन्य कर्मचारीहरूको समेत अभाव छ,” कर्मचारीहरू नहुँदा स्थानीय तहमा काममा समस्यासँगै जनताहरूले सहज रुपमा सेवा लिनलाई समस्या पर्ने गरेको छ । भगवानपुर गाउपालिकाकाे स्थानीय तहहरूमा कर्मचारीहरूको अभाव रहेका स्थानीय तहरूले बताएका छन् । गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले कर्मचारी व्यवस्थापनमा ध्यान नदिने गरेको स्थानीयहरूको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤