Siraha Times
ताजा समाचार

जाडोमा नागरिकलाई सिरक विरतण

  • पुस २६, २०७९
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल पुस २६ । जलवायु परिवर्तनको कारण बढिरहेको शीतलहर छल्नका लागि सिरहामा न्यानो कपडाको रूपमा सिरक बितरण गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाकाे कल्याणपुर नगरपालिका वडा नं.११ मा बिपद व्यवस्थापन समितिको आयोजना तथा कल्याणपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाको सहकार्यमा कल्याणपुर नगरपालिकाका प्रशासकिय अधिकृत बिष्णु संजन वरालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच सिरक बितरण गरिएको हो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जनशक्तिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, दलित जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग तथा अन्य लक्षित समुदायहरु समेतको उपस्थितिमा फाईवरको सिरक विरतण कार्यक्रम गरिएको थियो । कार्यक्रममा सिरहा जिल्ला बिपद व्यवस्थापन समितिको सहयोगमा कल्याणपुर नगरपालिकाका दलित जेष्ठ नागरीक, एकल महिला, अपाङ्ग तथा अन्य लक्षित समुदायहरु समेत गरी ५० जनालाई शितलहरबाट जोगिनको लागि फाइवरको सिरक वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१