ताजा समाचार

दिग्भ्रमित राजनीतिको निकास युवाको भुमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पुस २३, २०७९
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार/लहान/ २३ पुस । सिराहाको जिल्ला उधोग वाणिज्य संघ लहानको सभा हलमा संस्थागत, लोकतन्त्र र सुशासनका लागि नागरिक खवरदारी कार्यक्रम सम्पन्न गरेको छ। नागरिक समाज नेपालको आयोजनामा देश र मधेशको दिग्भ्रमित राजनीतिको निकास र युवाको भुमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नागरिक मानव अधिकारकर्मी कृष्ण पहाडीका अनुसार विकासको अधिकार महत्त्वपूर्ण अधिकार हो । गाउँगाउँमा सिँह दरबार, अनि भ्रष्टाचार भएकै हो । सुशासन भर्सेज कुशासन विकासको अधिकार महत्त्वपूर्ण अधिकार हुने बताए । नेपालको राजनीतिमा कुनै पनि पार्टीको नैतिकता नरहेको उनीहरू नैतिकता विहीन लोकतन्त्र माथि राजनीति गरिएको जिकिर गरे । राजनीतिमा दण्डहीनता भएको हो , त्यो जनताको माया, स्नेहले भएको हो ।

यो सँगै पहाडीले - अहिलेको युवा पुस्ताले व्यवस्थाको विकल्प नखोजेर नेताको विकल्प खोजेको बताउँछन् । नेपालले चीन, भारत जस्ता वैदेशिक/ पराराष्ट निति अंङ्गालेको बताए । नागरिक समाजलाई जहिले पनि खवरदारी गर्नुपर्नेमा जोड दिनुपर्ने भनेका हुन। विकासमुखी राजनीतिक दल हुनुपर्दछ। पुलपुलेसा , बाटोघाटो, आवास, उद्दमशीलता , जस्तालाई प्राथमिकतामा राख्नुपर्छ । सेवामुखी समाज हुनु अतिआवश्यक छ। अधिकारमुखी साँस्कृति : अधिकारको आन्दोलन , जाति, भाषा , क्षेत्र र आस्था जस्ता ४ वटालाई अधिकारमुखीको प्राथमिकता साथ राख्नु पर्दछन् ज्स्ता अभिव्यक्त दिइएका छन् । सुफल रमणका अनुसार नेपालको राजनीतिमा निजीकरण भए, लोकतन्त्र लुटतन्त्रमा परिवर्तन भए, सुशासन कुशासन भए, हत्या हिँसा, गरिबी बेरोजगारी बढे" यसको भागिदार नेपालका राजनीतिक पार्टी रहेको अभिव्यक्त दिइएका छन।

यो सँगै रोयल सफ्टेक कलेज लहानका संस्थापक अध्यक्ष डा. महादेव शाहका अनुसार रसियन सरकारको सहयोगमा बनेका जनकपुर चुरोट कारखाना प्रदेश सरकारले राज्य गरिदै आएको खेद व्यक्त गर्नुभएको छ। जनकपुर चुरोट कारखानालाई थप माथि उकासिनुको साटो झन प्रदेश सरकारले ५ वर्ष सरकार चलाइयो, फेरि ५ वर्ष थपेको प्रति दु:खद भन्नुभयो । उक्त चुरोट कारखानामा बैदेशिएका ४० हजार नेपालीलाई स्वदेशमै काम दिए, नेपालीको सुध्रने बताउनु भयो । नागरिक समाज नेपालका मांगहरु यस प्रकार राख्नुभएको छ:-

१. सेना विघटन गर। समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन गर ।

२. शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर ।

३. विकास र समृद्धिको मुल फुटाउने संम्वाहकलाई चुनौं।

४. एउटै व्यक्ति २ वटा कार्यकारी पदमा र दुई कार्यकालभन्दा बढी नबसौं।

५. पोषणयुक्त खाना , शुद्ध खानेपानी हरेक नागरिकको अधिकार ।

६. राज्यका विभिन्न निकायमा हुने राजनैतिक भर्ती बन्द गर ।

७. शिक्षा स्वास्थ्यमा निजीकरण , व्यापारीकरण बन्द गर ।

Open photo

वर्गभेद, जातिभेद र लिङ्गभेद विरुद्ध युवा अभियान । स्वदेशमै रोजगार हाम्रो अभियान नाराका साथ यस नागरिक समाज नेपाल संस्थाले अधिबढी रहेका छन। यो सँगै आजको कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक नागरिक नेपालका कुमार कमलेन्द्रम गर्नुभएको थियो भने , प्रमुख अतिथिमा वरिष्ठ अधिकारकर्मी कृष्ण पहाडी , अतिथिहरुमा वरिष्ठ पत्रकार रामरिझन यादव, डा. महादेव साह, प्रध्यापक हिरालाल कर्ण , संतोष साह, रामबिहारी साह, धर्नीधर अधिकारी डिडि , संचारकर्मी मो. रहमुल, जीबछ यादव, विसुनदेव सरदार, बिरु यादव लगायत मानव अधिकारकर्मी , संचारकर्मीको गरि उल्लेखनीय उपस्थिति बिच कार्यक्रम समापन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤