Siraha Times
ताजा समाचार

प्रहरीको मिलोमतोमा गाईगोरु तस्करी, ६५ नियन्त्रणमा

  • माघ २१, २०७५
  • १५२३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २१ माघ । सिरहाको लहान र सप्तरीको बलानविहुल गाउँपालिका हुदै गाई गोरु तस्करी गर्ने क्रम बढेको छ । बलानविहुलको चनही मलहनमा हुँदै भारततर्फ निकासी गर्न लागिएको ६५ थान गाई गोरु आज प्रहरीले नियन्त्रणमा लिएको छ । पहाडी जिल्लाबाट सँकलन गरि भारत निकासी गर्ने क्रममा चनही मलहना प्रहरीले राती २५ गाई र ४० गोरु गरी ६५ थान नियन्त्रणमा लिएको छ । विगतमा त्यस चनही मलहना प्रहरीको मिलोमतोमा सयौ गाई गोरु भारत पठाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

स्थानीयहरुले प्रहरीको माथिलो निकायमा गाईगोरु तस्करीवारे जानकारी गराएपछि आज राती त्यहाँका प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सबै गाईगोरुलाई कुनौली भन्सारमा बुझाएको चनही मलहनमा प्रहरीका इचार्ज पँकजकुमार सिँहले बताए । पश्चिम तथा पहाडीक्षेत्रबाट सो गाईगोरु ल्याएर प्रहरीको मिलोमतोमा शम्भु भनिने तस्करले सो कारोवार गर्दै आएको स्रोतको दावी छ । नेपालबाट तस्करी गरिएको गाई गोरु बंगलादेश र भुटान पठाउँने गरेको छ । भारतमा समेत गाईगोरुको मासु चोरीलुकी बेच्ने गरेको छ ।

उता, भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान पुर्याउने गरिन्छ । तस्करहरुले केही समययता सुनसरीको हरिनगर गाँउपालिकाको घुस्की र बिक्रमपुर नाकालाई तस्करीको वैकल्पिक मार्ग समेत बनाएका छन् । तस्करहरुले गोरुलाई हिडाउदै भारत कटाउने गर्छन् । हिडाएरै गोरु तस्करी हुँदा सिमा क्षेत्रमा खटिएको शसस्त्र र जनपथ प्रहरीले केही नगर्नुले मिलेमतो भएको देख्न सकिन्छ । सप्तरी र सुनसरीको दक्षिणीक्षेत्रबाट हप्ताको दुई पटक गाई गोरुको बथान सिमा कट्ने गर्छ । तर गाईगोरु तस्करी र प्रहरीबीच आर्थिक सेटिङ मिलेपछि पटक पटक छाड्ने गरेको छ । नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१