Siraha Times
ताजा समाचार

नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघका प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न

  • पुस १५, २०७९
  • १२८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /पुष १५ । आज नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघकाे प्रथम अधिवेशन तथा साधारणसभा रामग्राम नगरपालिका वडा नं ७ उजैनी स्थित भिलेज टप इन टाउनमा सम्पन्न भएकाे छ ।नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघका अध्यक्ष घनश्याम पंगेनीकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक काे प्रमुख आतिथ्यता एवम् मिष्ठान तथा क्याटरिङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण पाेख्रेलकाे बिशिस्ट आतिथ्यतामा व्यावसायिक संघका प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएकाे हाे ।कार्यक्रममा स्वागत मन्तव्य संघकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी चापागाईं भट्टराईले राख्नु भएकाे भने पत्रकार सुरेश यादव,आज तक न्युज भारतका दिनेश राैनियार,मिष्ठान तथा क्याटरिङ्ग संघ लुम्बिनी प्रदेशका अध्यक्ष लक्षमण पाेख्रेल लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियाे भने संघमा आवद्ध सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संचालक दिलिप कुमार गुप्ताले जानकारी दिनुभयाे ।



अधिवेशनबाट अध्यक्षमा पुन घनश्याम पंगेनी चयन हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा पुरुषाेत्तम पाण्डे,उपाध्यक्षमा सुनेश्वर प्रसाद वि कं,सचिवमा दिलिप कुमार गुप्ता,काेषाध्यक्षमा जय बिजय गुप्ता,सह सचिवमा अवधेश गुप्ता,सदस्यहरुमा नन्दलाल हरिजन,अशोक कुमार गुप्ता,इरफान खान,नर बहादुर गुप्ता,प्रेम सागर गुप्ता,नरेन्द्र चाैधरी,इरसाद अहमद चयन हुनुभएको छ ।जस्काे लेखा समिति संयाेजकमा धर्मेन्द्र कुमार चाैधरी,सदस्यहरु कुन्ज विहारी गाैड,नदरुद्विन धाेबी चयन भएका छन् भने सल्लाहकार समितिमा लक्ष्मी चापागाईं भट्टराई,संजय कुमार गुप्ता,मातिराम चाैधरी,उमेश गुप्ता,सनन्दन वि कंलाई चयन गरिएकाे संघका अध्यक्ष पंगेनीले जानकारी दिनुभयाे । नवलपरासी टेन्ट,क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायिक संघमा कुल ११० जना सदस्य आवद्ध रहेकाे संघका काेषाध्यक्ष जय बिजय गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१