Siraha Times
ताजा समाचार

निर्मला कुर्मीको न्यायको लागि माइतीघरमा तेस्रो चरणको आन्दोलन सुरु

  • पुस १५, २०७९
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौ २०७९ पुस १४ गते बिहीबार - विधवा महिला निर्मला कूर्मीको अपहरण शरीर बन्धक गरी हत्या गरेको अभियोगमा न्याय नमिलेको भन्दै महिला अधिकार मञ्च बाँकेले काठमाडौंको माइतीघरमा तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा भेला भइ बेलुका ४ बजे पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन धर्नाको घोषणा गरेको हो

२०७८ साल मंसिर ९ गतेदेखि पुष २० गतेसम्म माइतीघरमा अनसनमा बसेपछि सरकारसँग वार्ता भएर उक्त मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने सहमती भएको थियो ।तर मुख्य आरोपित बादशाह कुर्की मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके क्षेत्र नं. ३ प्रदेशसभा (ख) मा विजयी भएका छन् । बादशाह कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै महिला अधिकार मञ्च बाँकेले कात्तिक २९ गते जिल्ला निर्वाचन कार्यालय बाँकेमा उजुरी समेत दिएको थियो ।

नेपालगञ्ज उपमहानगर–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान कसुर मुद्दामा कांग्रेस नेता कुर्मीसहित आठजनाविरुद्ध २० चैत २०७७ मा बाँके प्रहरीमा जाहेरी दर्ता भई जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।चार बुँदे मागसहित आजबाट सुरु भएको अनिश्चितकालिन धर्ना/रिले अनसन माग पुरा नभएसम्म जारी रहने महिला अधिकार मञ्च बाँकेको इन्चार्ज रुबि खानले केटिएम दैनिकसँग बताइन् ।अनसनमा सहभागीहरूले खोई महिलाको सुरक्षा सरकार, जुन देशमा महिला राष्ट्रपति यही देशमा महिलाको निर्मल दुरगती, हामीलाई न्याय चाहियो, सरकार पितृसत्तात्मक सोच कहिलेसम्म, लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

उनीहरूले विधमा महिला निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका छन्, न्यायीक आयोग मार्फत कुर्मीको तमसुकमा भएको सहिछाप चेक गर्न, उक्त मुद्दालाई सम्मानित अदालतसम्म पुर्‍याउन र आन्दोलनकारीहरूको सुरक्षाको प्रत्याभूति गराउन उनीहरूको माग छ ।

महिलाको संवेदनशिल मुद्दामा सम्बन्धित निकायको लापरवाही र मिलेमतोले मुद्दालाई न्यायालयसम्म नपुर्‍याउने चलखेल देखिएको भन्दै महिला अधिकार मञ्चले १९ दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसपछि पनि सुनुवाइ नभएपछि १ असोज २०७८ देखि २० दिन पैदल हिँडेर काठमाडौं आएर धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१