Siraha Times
ताजा समाचार

कोशी कमला डाईभर्सनको लागि कृषक महासँघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • माघ २१, २०७५
  • १०८५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २१ माघ । राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सिरहामा शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभामा शनिवार प्रधानमन्त्री ओलीलाई महासंघका प्रदेश २ अध्यक्ष मुक्तिनारायण यादवका कृषक टोलीले ज्ञापनपत्र बुझाएको हो । सिरहासहित छिमेकी जिल्लाहरुमा सिंचाई सुबिधा पुर्याउन ,कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ । सो ज्ञापनपत्रमा किसानहरुले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकोले भुक्तानी गराउनुपर्ने, नमुना करार खेतीलाई मधेशको सबै स्थानिय तहमा लागु गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जंगली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जंगली जनावरहरुको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

Image result for photo of kosi bridge

Related image

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१