Siraha Times
ताजा समाचार

राष्ट्रीय मदरसा संघले सांसद फारुकी लाई गर्यो सम्मान

  • पुस ११, २०७९
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतवार एक कार्यक्रमका बिच राष्ट्रीय मदरसा संघ नेपालले नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट कृष्णनगरका सिराज अहमद फारुकी लाई सम्मान गरेको छ l सांसद फारुकी लामोसमय देखि नेकपा एमाले पार्टी प्रति समर्पित रही पार्टी र नेपाली जनताको हितमा काम गर्दै आएका थिए l सम्मान कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले प्रतिनिधि सभा सदस्यमा छनौट भएकोमा फारूकी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मुस्लिम समुदाय तथा नेपाली जनताको हक हितमा सधै काम गर्न अनुरोध गरे l

सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फारुकी लाई बधाई दिदै उज्जवल भविष्यको कामना सहित उर्दू भाषामा सांसदको सपथग्रहण गरेको प्रशंसनीय रहेको, सांसद फारुकी लाई मदरसाको व्यवस्थापन सामुदायिक विद्यालय सरह बनाउनुपर्ने तथा मुस्लिम समुदायको हक हितको अवाज सांसद भवनबाट उठाउन समेत अपिल गरे l कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य फारुकीले सम्मान गरेको प्रति उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै पार्टीले आफूलाई जिम्मेवारी दिएको प्रति आफूले पूर्ण रूपमा पार्टी तथा नेपाली जनता प्रति समर्पित रहदै मुस्लिम तर्फबाट आएका ले समेत पार्टी र सदनमा मुस्लिम समुदाय तथा मदरसाको हक हितमा सधै आवाज उठाउदै पछडिएको समुदायको रूपमा रहेको मुस्लिम समुदाय लाई अगाडि ल्याउन हरेक सम्भव प्रयास गरिने बताउदै नयाँ बन्ने सरकारले देशको विकास गर्ने बताए l कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, तोफेल अहमद खान, निसार अहमद फारुकी, अवसाफ मिर्जा, किफायतुल्ला खान, जुम्मन खान, डा. शहाबुद्दीन मदनी, शैख अब्दुल रशीद मदनी, अब्दुल नूर, अकरम आलयाबी, शैख असलम मदनी, अब्दुल हसीब, तारिक रियाज, असरफ खान, बसरार सइद, वलीद अब्दुल रहमान लगायत अन्यको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१