ताजा समाचार

अशक्तलाई सामाजिक सुरक्षा भत्ता वडा कार्यालय कानाचाैर बाट

  • पुस ९, २०७९
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिकाको तीन नम्बर वडा बाट सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट प्रदान गरिएको छ। सामाजिक सुरक्षा भता बितरण कार्यक्रम गरि अशक्तलाई बोगटान शाखामा रहेको ग्लाेबल आईएमएई बैक शाखा प्रमुख प्रसिस बिस्ट लगाएतको टीमले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन। यो भन्दा अगाडि पालिकामै गएर सामाजिक सुरक्षा भत्ता बुझ्न अशक्तलाई अप्ठ्यारोका साथै भत्ता बुझ्न करिब एक दिन सम्म पैदल हिडेर जानू पर्ने बाध्यता रहेको थियो। उक्त वडाका अध्यक्ष कृष्ण बहादुर बम भन्छन् ,जनताको सेवा गर्नका लागि याहाँका जनताले अमुल्य मतदान गरि आफुलाई जिताएको र आफु जनताको नेता मात्र नभई सेवक भएर काम गर्ने बताएका छन्। पालिकामा भत्ता लिन जादा ,बृद्धअबश्थाका तथा अशक्त आमाबुबाहरू हिड्न नसक्ने भएकाले ,यो पटक वडा बाट सामाजिक सुरक्षा भत्ता वडा बाट वितरण गरेको अध्यक्ष बम जानकारी दिएका छन् । आफुले वडा बाट सामाजिक सुरक्षा भत्ता पाउँदा अति नै खुसि भएको उक्त वडा नम्बर ३ लयाँटीमा बस्ने रतत्ना रेग्मी बताएकि छन। पहाडको भिरालो अप्ठ्यारो बाटो आउन जान धेरै समस्या हुने अहिले वडा बाट यस्तो कार्य गरेको देख्दा आफू हर्षित भएको हरिना देवि कठायतले बताएकि छन्। उक्त सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जम्मा २६ जनालाई वितरण गरेको उक्त वडा कार्यालयका वडा सचिव केशर सिं बुढा जनाएका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤