ताजा समाचार

धरहरा पुनर्निर्माण कार्य रोकियो

  • पुस ७, २०७९
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं - डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्रममा निर्माण कम्पनीले धरहरा क्षेत्रको सम्पदालाई नष्ट गरेकाले पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको बताए । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले पुनर्निर्माणका लागि खन्ने क्रममा भाँचिएको डुँडको निर्माण तथा सुन्धारामा पुनः पानी ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि अध्ययन सुरु गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤