धरहरा पुनर्निर्माण कार्य रोकियो

  • पुस ७, २०७९
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव काठमाडौं - डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्रममा निर्माण कम्पनीले धरहरा क्षेत्रको सम्पदालाई नष्ट गरेकाले पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको बताए । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले पुनर्निर्माणका लागि खन्ने क्रममा भाँचिएको डुँडको निर्माण तथा सुन्धारामा पुनः पानी ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि अध्ययन सुरु गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१