Siraha Times
ताजा समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्री छनौटको समय सिमा निर्धारण

  • पुस ३, २०७९
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम समापन सँगै निर्वाचन आयोगले सरकारलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाएपछि सम्माननिय राष्ट्रपतिले दलहरुलाई पुस १० गतेसम्मको समय सिमा निर्धारण गर्दै सरकार प्रमुखको रूपमा प्रधानमन्त्री छनौटका लागि विज्ञप्ती मार्फत आह्वान गरेका छन । निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेस गरिएको अवस्थामा प्रधानमन्त्री छनौटका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पस्ट बहुमत नदेखिएकोले नेपालकाे संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सहमति जुटाएर बहुमत प्राप्त गरी प्रधानमन्त्री बनाउनका लागि पुस १० गते बेलुका ५ बजेसम्मको समय सिमा निर्धारण प्रवक्ता सागर आचार्यकाे हस्ताक्षर गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति मार्फत सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१