ताजा समाचार

निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

  • पुस ३, २०७९
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल सिंह ३ पुष -। नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान सहित सम्मान गरिएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित भएका सांसदहरु रामशंकर यादव, शत्रुघन महतो लगायतलाई सम्मान गरिएको छs । नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राज कुमार रायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसद राम शंकर यादव ,बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता राजुु,राजेन्द्र प्रसाद चौधरी, लगायतका सांसदहरु रहेका थिएs । कार्यक्रममा वक्ताहरुले बोल्दै निजामती संगठनको गरिमालाई उच्च राख्न सबैतिर बाट आवस्यक सहयोग रहनुपर्ने बताएs ।आयोजित कार्यक्रममा अथितिहरुलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको संगठनद्वारा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमको उदघोषण नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤