निजामती कर्मचारी संगठन सिराहाद्वारा सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

  • पुस ३, २०७९
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल सिंह ३ पुष -। नेपाल निजामती कर्मचारी संगठन सिराहाद्वारा हालैको सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान सहित सम्मान गरिएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित भएका सांसदहरु रामशंकर यादव, शत्रुघन महतो लगायतलाई सम्मान गरिएको छs । नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राज कुमार रायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसद राम शंकर यादव ,बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता राजुु,राजेन्द्र प्रसाद चौधरी, लगायतका सांसदहरु रहेका थिएs । कार्यक्रममा वक्ताहरुले बोल्दै निजामती संगठनको गरिमालाई उच्च राख्न सबैतिर बाट आवस्यक सहयोग रहनुपर्ने बताएs ।आयोजित कार्यक्रममा अथितिहरुलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको संगठनद्वारा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमको उदघोषण नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल राष्ट्रिय दलित ...

रहमुल लहान ६ साउन ।  नेपाल राष्ट्रिय दलित जनकल्याण संघ (Nepal National Dalit Welfare Organizati ...

लक्ष्मीपुर पतारीमा ए ...

लहान, ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताहरूले गाउँपालिकामा ...

युवा घनश्याम यादव : ...

ओम प्रकाश यादव लहान ५ साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उदाएका एक होनहार युवा, घनश्याम य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१