ताजा समाचार

चीन भन्दा नेपाल - भारतमका मुस्लिम बढी स्वतंत्र :- जसपा प्रवक्ता पठान

  • पुस २, २०७९
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । चीनले मुस्लिम समुदायकाे स्वतन्त्रतामाथि बाराम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएकाे छ । जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसाेबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेकाे बताउनुभयाे । भारतमा लगभग बीस कराेड मुस्लिम धर्मावलम्बी छन त्यस्तै नेपालमा पनि कुल जनसंख्याकाे चार प्रतिशत छन । लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रतापुर्वक बसाेबास गरिरहेका छन । तिनका हकहितका लागि मुश्लिम आयाेग छ जुन सक्रियताका साथ काम गरिरहेकाे छ तर चीनमा बर्षाैंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमकाे हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकाेले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन । प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयाेग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने बताए ।सभार कपिलवस्तु टाइम्स डटकम l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤