ताजा समाचार

किसानलाई हिउँदे घासको बीउ उपलब्बद्द गराउँदै पालिका

  • पुस १, २०७९
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका को आ ब ०७९/८० को योजना अनुसार पशु पालक किसानहरलाई राहत पुग्ने हिसाबले हिउँदे घासको बीउ निशुल्क वितरण कार्यक्रम पशु सेवा शाखाको आयोजनामा शुरु गरिएको छ । कार्यक्रमको उद्घाटन सस्त्रमा बोल्दै गा पा अध्यक्षले " गा पा भरीमा अत्यधिक पशुको संख्या रहेको छ , र हिउँदमा हरियो घासको बिकल्पमा जै घाँसको बीउ हामी निशुल्क बितरन गर्न लागेको " बताउनु भयो । उनले अगाडी थप्दै भने " जमीनको उर्वर शक्ति संतुलन राख्न पशु पालन आबश्यक रहेकोले थोरै संख्यामा भए पनि पशुपालनका लागि किसानहरुलाई " आग्रह गरेका छन् । वितरण कार्यक्रमलाई पारदर्शी र किसानको सहज पहुँचका लागि गा पा अध्यक्ष टीम सहित कार्य क्षेत्रमा खटेको थिएँ । यस कार्यक्रम अन्तर्गत किसानलाई अर्थतन्त्रमा टेवा पुर्याउन अगामी वर्षका लागि किसानबाट नै उक्त बीउ खरीद गरि वितरण गर्दा थोरै लगानीमा धेरै आम्दानीको लाभ किसानले पाउने भएकोले यथासिघ्र स्थानिय सरकारको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । जै घाँस पशु आहारको लागि उत्तम रहेको विभिन्न अनुसन्धानले देखाइसकेको छ भने यसलाई दुई चोटी कटिङ गरि खुवाई सकेपछि पनि राम्रो बीउ उत्पादन भैरहेकाले यसलाई व्यावसायिक बनाउन किसान नै अगाडी आउनु पर्छ। यदि किसान सिस्टममा आई दिए भने सरकार आपसे आप सिस्टममा आउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤